राष्ट्र्यि मान्यता प्राप्त दलहरुद्धारा पत्रकार सम्मेलन गरिएको छ । आइतबार हुम्लाका चारवटा राजनिति दलहरुले पत्रकार सम्मेलन गरेका छन् ।
हुम्ला । राष्ट्रिय मान्यता प्राप्त दलहरुद्धारा पत्रकार सम्मेलन गरिएको छ । आइतबार हुम्लाका चारवटा राजनिति दलहरुले पत्रकार सम्मेलन गरेका छन् । गत जेठ १० गतेदेखि यता विभिन्न समयमा बसेको बैठकले विभिन्न एजेण्डामा छलफल गदै आज पत्रकार सम्मेलन मार्फत सर्वदलिय संयन्त्र निर्माण गरेको छ ।
राजनिति संस्कार, सामाजिकीकरण, विकासी संस्कार र सुशासनको अभिवृद्धि गर्ने उदेश्यका साथ जिल्लाका चारवटा दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले अवधाराण मार्फत निश्कर्ष निकालेको छ ।
पार्टीको आस्ता जतिसुक फरक भएपनि जिल्लाको विकासका निमित्त सबै दलहरु एकढिक्का भएर लागि पर्ने पत्रकार सम्मेलन मार्फ जानकारी गरिएको छ । सम्मेलन कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डवल रावतले राजनिति दलका नेताहरुले उठाएका एजेण्डालाई हामीहरुले मात्रै नभएर समग्र सबैको उत्तिकै भूमिका हरने र जिल्लामा हुने कुन पनि अपराधिक घटनाहरुलाई दलका नेताहरुले प्रक्रिया रुपमा पहल कदमी गर्ने बताए ।
विकास योजनामा कुनै पनि हिनामिना गर्न नदिई जिल्लालाई समृद्ध र कायापलट बनाउने भुमिका व्यक्तिगत नभई सामुहिक रुपमा लाग्नु पर्ने नेपाली कांग्रेसका जिल्ला उपसभापति कैलाश भण्डारीको बताए ।
यसैगरि केही समय अघि मात्रै तत्कालिन जिल्ला विकास समितिले मदिरालाई अवैध भनेर निर्णय गरेको भए पनि हाल आएर चाइनिज मदिरालाई वैध बनाएर लिलामगिरि लगाएको प्रति राप्रपाका जिल्ला अध्यक्ष विकास महतले आपत्ती जनाउनु छ ।
जिल्लालाई कायपलट गर्नका लागि राजनितिदलले शिक्षा, स्वास्थ्य, खाद्यान्न र विकासमा दलका नेताहरुले आ आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
आधुनिक युगमा दलीय व्यवस्था लोकतन्त्रको सफलताका लागि आवश्यक छ । यसले सेवा सञ्चालनका साथै जनता र सरकार विच समन्वय कायम गर्छ । वर्तमानमा दलीय पद्धतिको समधन र विरोध समान रुपमा भएको पाईन्छ ।
यहाँको सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक संरचनालाई गतिशिल बनाउन राजनीतिक दल उपयोगी हुन्छन । वर्तमानमा बहुदलीय पद्धती प्रति जनचाहाना बढेको र यसले सबै विचारधाराहरुलाई समन्वय गरी समयानुकुल अगाडी वढ्न सक्ने क्षमता राख्ने अवधाराणा पत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसका जिल्ला उपसभापति भण्डारीको अध्यक्षतमा सन्चालन भएको कार्यक्रममा हुम्लाको विकासका लागि चार वटै दलको पहिलो प्रथामिकता रहेको बताईको छ ।