सुन तस्करीमा मन्त्रीहरुकै भूमिका शंकास्पद भन्दै संसदीय दलको बैठक डाक्न माग

पाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद रहेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन।

नेपालचेक समाचारदाता सोमबार, साउन ०८, २०८०

काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको भूमिका शंकास्पद रहेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन।

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा लिखित निवेदन दिँदै सांसद शर्माले एयरपोर्टबाट भएको सुन तस्करीमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका शंकास्पद रहेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

मोरङ क्षेत्र ३ बाट निर्वाचित सांसद शर्माले साउन १० अगावै दलको बैठक बोलाएर छलफल गर्नुपर्ने बताएका छन्। शर्माले यसअघि राजनीति नेतृत्वको संरक्षणबिना सुन तस्करी नहुने भन्दै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका थिए ।  अर्थमन्त्री महत नेपाली कांग्रेसको पार्टी प्रवक्तसमेत हुन्।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]