एकजना महिलाको हेलिकप्टरद्धारा उद्धार

नाम्खा गाउँपालिका वडा नम्वर ५ को यारीकी ३५ वर्षीया छोटेल तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नन्द सिंह सोमबार, साउन ०८, २०८०

हुम्ला । नाम्खा गाउँपालिका वडा नम्वर ५ को यारीकी ३५ वर्षीया छोटेल तामाङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार विहान ६ वजेको समयमा सुत्केरी भएर साल अड्कीएपछि उनको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

सुत्केरी भएर साल अड्कीउकी तामाङको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला अस्पताल हुम्लाले पहल गरेको बताईएको छ । उनका अनुसार मनाङ एयर हेलिकप्टर मार्फत आज दिउसो २ वजे जिल्ला अस्पतालमा ल्याएको हो । दुर्गम हिमाली जिल्ला हुम्लामा सामान्यदेखि जटिल खालका विरामी हुँदा हेलिकप्टरकै भरमा पर्नु परेको छ ।

यसैगरि नाम्खा गाउँपालिकाको आर्थिक सहयोगमा यतिखेर उनको जिल्ला अस्पतलामा थप उपचार गरिनुका साथै स्वास्थ्य अवस्था सामान्य रहेको सिनियर अनमी बोहराले बताइन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]