सदरमुकाम सिमकोटमा सञ्चालित मेडिकलहरु अनुगमन गरिएको छ ।
हुम्ला । सदरमुकाम सिमकोटमा सञ्चालित मेडिकलहरु अनुगमन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा सञ्चालित फारमेसी, मेडिकलहरुको अनुगमन गरिएको हो । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको संयोजकत्वमा हुम्लाको सदरमुकाम सिमकोटमा व्यवसाय गर्दै आएका औषधि पसलहरुको अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदिका अनुसार आइतबार गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कायालय हुम्ला, सिमकोट गाउँपालिका स्वास्थ्य शाखा र जिल्ला अस्पताल हुम्लाले बजारका औषधि पसलहरुको अनुगमन गरिएको सप्रजिअ सुवेदीले बताए ।
स्वास्थ्य जस्तो सम्ेवदनशिल क्षेत्र रहेको भन्दै अनुमति प्राप्त अनुसार मेडिकलहरु सञ्चालनमा भए नभएको जानकारी लिनका लागि सो अनुगमन कार्य गरिएको छ । अनुगमनका क्रममा सिमकोट बजारमा हालसम्म चारवटा औषधि पसलहरु रहेको र ति मध्ये एउटा मात्रै पर्याप्त प्रमाणका साथ दर्ता भई सञ्चालनमा रहेको र अन्य तीनवटा मेडिकलहरु दर्ता नभएरै सञ्चालन भईरहेको भेटिएका छन् ।
सो औषधि पसलहरु मध्ये कुनैमा नविकरण नगरेको, व्यवसाय दर्ता नभएको, प्यान तथा भ्याटमा दर्ता नभएको मुल्य सुचि नखेलेको जस्ता विभिन्न समस्या देखिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिए । अवको एक हप्ता भित्र प्रक्रियागत रुपमा दर्ता गरि जिल्ला प्रशासन कार्यालयमा प्रमाणपत्र नबुझाएमा उक्त मेडिकलहरु बन्द गरिने चेतवानी दिएको छ ।