बाख्रा पकेट कृषकहरुका लागी दुईदिने स्थलगत गोष्ठी कार्यक्रम सम्पन्न 

सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा बाख्रा पकेट कृषकहरुलाई बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ ।

बेलुमाया महतारा सोमबार, साउन ०८, २०८०

हुम्ला । सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा बाख्रा पकेट कृषकहरुलाई बाख्रा पालन तथा व्यवस्थापन सम्बन्धि २ दिने गोष्ठी सम्पन्न भएको छ । सिमकोट गाउँपालिका पशुसेवा शाखाकोे आयोजनामा २ दिने बाख्रा पालन तथा व्यवस्थापन तालिम सम्पन्न भएको सिमकोट गाउँपालिका पशुसेवा शाखाका प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ ।
बाख्राको उन्नत जात, बाख्रामा लाग्ने रोगहरु, जोखिम न्यूनीकरण र खोर मर्मत बारे पनि जानकारी गरिएको थियो ।

यसका लागी ७० प्रतिशत गाउँपालिका र ३० प्रतिशत भेटेनरी शाखाको आर्थिक सहयोग रहेको प्रमुख शाहीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा सिमकोट गाउँपालिकाका प्रवक्ता नन्द रावतले सिमकोट गाउँपालिकाले यो भन्दा पहिला पनि बाख्रा वितरण गरेको र यो वर्षमा पनि बाख्रा वितरण गरेको बताउनुभयो ।

यो तालिमले तालिम मात्र नलिएर अनुदानको लागी पाएको र बाख्राको राम्रोसँग पालन पोषण गरेर उत्पादनमा ध्यान दिनुपर्ने बताउनु भएको छ । किसानले आफैले आफैलाई ठग्ने प्रविधि बढेकोले तालिमको कुनैपनि प्रगति हुने काम किसानले अहिलेसम्म नगरेको बताउनु भएको छ ।

अहिले बजारमा मासुको हाहाकार भएकोले यहाँका बाख्रापालक कृषकले मासुको वृदिमा ध्यान दिन जरुरी रहेको प्रवक्ता रावतले बताउनु भएको छ । उक्त तालिम सिमकोट गाउँपालिकाका प्रवक्ता नन्द रावतको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिममा वडा १ र २ का १२ जना कृषकहरुको सहभागिता रहनुका साथै १२ वटा कृषकहरुलाई ८, ८ वटा बाख्रा वितरण समेत गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]