कोरोना कहरपछि कै पहिलो पटक चीन सरकारसंग भेट बार्ता

विगत तीन वर्षदेखि चीन सरकारसंग पहिलो पटक भेटबार्ता हुदै छ ।

नन्द सिंह मंगलबार, साउन ०९, २०८०

हुम्ला । विगत तीन वर्षदेखि चीन सरकारसंग पहिलो पटक भेटबार्ता हुदै छ । कोभिड १९ संक्रमण भएदेखिको लामो समयपछि हुम्लाका सरकारी निकायहरुसंग यो पटक बार्तालाभ हुदै छ । मंगलबार जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो कुरा जानकारी गराएको हो ।

जिल्लाका राजनिति दल, जनप्रतिनिधि, सुरक्षा निकायको प्रमुख र सन्चारकर्मीहरुलाई सहभागिता गराई भोलिदेखि चीन सरकारसंगको भेट बार्तामा हुम्ली नागरिकका लागि विभिन्न एजेण्डाका विषयमा छलफल गर्नु पर्ने भएकोले एक सर्वदलिय बैठक बसेको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हिजो सोमबार मात्रै गृह मन्त्रीको परिपत्र अनुसार चीन सरकारसंग मुख्य सिमा वडर र सेकरुटीका विषयमा छलफल गर्ने भनेपछि आफुले आज सो बैठक बसालेको बताए । कोराना कहर पछिकै पहिलो पटक हुम्लाका प्रमुख जिल्ला अधिकारी पौडेल सहित नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामा, नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुख लगायतका १० जनाको टोलि आज चीनको स्वसासित क्षेत्र बुराङ काउन्ट्रि ताक्लाकोट तर्फ प्रस्थान गरेको छ ।

टोलिले तीनदिनसम्म चीनसरकारसंग छलफल गर्नुका साथै विभिन्न मागहरुका विषयमा छलफल गर्ने भएको छ । छलफलमा सेकरुटिका विषयमा मात्रै नभई यहाँका धामी झाक्रिलाई मासरोवर दर्शन, विकास निर्माणका सामग्रि आयत, हाल ताक्लाकोटमा बस्दै आएका नेपालीहरुलाई व्यवसायमा व्यवस्थापन लगायतका विषयमा अनुरोध गर्ने र मदिरालाई आयतमा रोक लगाउने जस्ता विषयमा छलफल तथा पहल गरिने बताइएको छ ।

तर चीन सरकारले कोरोनापछि अन्य देशका नागरिकलाई भिषा बाहेक अन्यलाई ताक्लाकोटदेखि करीव ३० किलो मिटर भन्दा बाहिर जान नमिल्ने निति गरेपछि मानसरोबर दर्शनमा समस्या हुने गरेको बुझिन आएको छ । टोलि अहिले अपरान्ह ४ वजे गाडि मार्फत हिल्सा तर्फ प्रस्थान गरेको छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]