एक हजार ६२३ विद्यार्थीलाई खुवाइयो जुकाको औषधि

Nepal Chek मंगलबार, साउन २३, २०८०

सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको हो । गाउँपालिका स्वास्थ्य शाखा र शिक्षा शाखाको आयोजनामा एक हप्ताभरी पालिका भित्र रहेका १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई औषधि खुवाउने कार्य सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताउनुभयो । चारवटा माध्यामिक विद्यालय र ११ वटा आधारभूत विद्यालयमा अध्ययनरत छ वर्ष माथिका छात्रा ८८९ र छात्र ७३४ गरी एक हजार ६ सय २३ जनालाई जुकाको औषधि खुवाइएको हो । भने १० वर्ष माथिका ७५० किशोरीलाई आइरन चक्की तथा फ्लोरिक एसिट वितरण गरिएको स्वास्थ्य संस्थाका प्रमुख ढकालले बताउनुभयो ।

यो सिजनमा विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन औषधि खुवाइएको हो । बर्खा लागेपछि फोहोर पानी, काँचा फलफूललगायत प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने रोग बढी देखिने र त्यसबाट बचाउन पालिका भित्र रहेका प्रत्येक विद्यालयमा पुगेर औषधि खुवाइएको ढकालले बताउनुभयो । प्रत्येक ६ महिनामा जुकाको औषधि खानुपर्ने भएकाले पनि विद्यार्थीलाई स्वास्थ्य शाखाको सहयोगमा औषधि खुवाइएको हो । औषधि खुवाउने कार्यक्रममा विद्यार्थीलाई पोषणसम्बन्धी जनचेतना दिनुका साथै १७ गतेबाट सञ्चालन भएको यो कार्यक्रम पनि सम्पन्न भएको हो ।

यसका लागि चार जना स्वास्थ्यकर्मी परिचाल भएका थिए । वडा नम्बर १ बाट यो अभियान सुरु भएको र गाउँपालिकाका १५ वटा विद्यालयका छात्र÷छात्रालाई यी औषधि खुवाइने कार्यक्रम सम्पन्न भएको हो ।

 

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]