हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

Nepal Chek मंगलबार, साउन ३०, २०८०

सिमकोट । मङ्गबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत एक जना सुत्केरी महिलाको हुम्लाको सदरमुकाम सिमकोटबाट उद्धार गरिएको छ । हुम्लाको खार्पुनाथ–५ खर्पेलगाउँकी दिफकली सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको हो ।

साउन १६ गते सुत्केरी भएकी ४० वर्षीया सार्कीको रगतमा संक्रमण भएर रिफर गरेको पाँच दिनपछि उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाको सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

जिल्लामा केही दिन यतादेखि मौसम खराब हुनुका साथै लगातार पानी परेका कारण हवाई उडान हुन नसक्दा रिफर गरेको पाँच दिनपछि सार्कीलाई सेनाको हेलिकोप्टरबाट आज उद्धार हुन सकेको अनमी बोहराले बताउनुभयो । थप उपचारका लागि सुविधासम्पन्न अस्पताल जानुपर्ने भए पनि विमानस्थल खराब मौसमका कारण सार्कीलाई सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो ।

सार्कीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकोप्टरले उद्धार गरी सुर्खेतमा रहेको प्रादेशिक अस्पताल पु¥याएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाजको उडान नहुँदा हुम्लामा बिरामीले अकालमै ज्यान गुमाउनुपरेको छ ।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि उडान भर्न नपाउने नागरिक उड्डयन प्राधिकरणको नियमका कारण लामो समयदेखि हवाई उडान हुन सकेको छैन ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]