सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र अर्थात याल्वाङ बजार अनुगमन गरिएको छ । नाम्खा गाउँपालिकाले आफ्नो पालिकाभित्रका नागरीकले म्याद गुज्रेका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरिएको हो ।
विहिबार निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीको नेतृत्वमा याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका कर्मचारी सागर लामाले बताउनुभयो । अनुगमनमा म्याद गुज्रेका सामान जुस,विस्कुट, खानेतेल, चाउचाउ,सुर्ती,चिउरा लगायतका दैनिक उपभोग्य वस्तुको नष्ट गरिएको कर्मचारी लामाले बताउनुभयो ।
सिमानाका खुलेसँगै विभिन्न सामाग्री भित्रनुका साथै सदरमुकामबाट दुढानी भएका सामाग्री पनि म्याद गुज्रेको हुने भएकाले विहिबार अनुगमन गरिएको हो । लगभग रु २० हजार मुल्य बराबरको म्याद सकिएका सामाग्री नष्ट गगरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले बताउनुभयो ।
यस्तै अनुगमनमा निमित्त अधिकृत शाही, स्वास्थ्य प्रमुख ग्याछो लामा, रेशम फडेरा योजना प्रमुख, प्रतिप रावत कृषि शाखा प्रमुख, लगायत याल्वाङ बजार प्रहरी चौकी सहितको टोलीले अनुगमन गरेको हो ।
नाम्खा गाउँपालिकाको याल्वाङ बजारमा रहेका पसल तथा खाद्य वितरण पसलहरुमा दैनिक उपभोग्य वस्तुहरूको बजार अनुगमन गरी म्याद गुज्रिएको सामान तथा वस्तुहरु नष्ट गरिएको हो ।
बजार अनुगमनमा याल्वाङमा रहेका पलल तथा होटेल व्यवसायीलाई मापदण्ड पालना गनर्, म्याद गुज्रिएका सामाग्री विक्री नगर्न भनी सचेत समेत गराइएको छ ।