काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी उपाध्यक्ष डा.भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।
बुधबार आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।
गत आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद् पदबाट राजीनामा दिएका थिए ।
पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल पक्षको तर्फबाट संयोजक थिए ।