सिमकोट । खोलाले बगाउँदा हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर ४ का मनऋषि जैसी बेपत्ता भएका छन ।
सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिपगाड खोला तर्ने क्रममा जैसि बेपत्ता भएको उनका दाइ धर्मभक्त जैसिलाई उदृत गर्दै रिपका स्थानिय बिजय फडेराले बताए ।
स्वार्गिय बुवाको लागि खार्पुनाथ मन्दिरमा मुइया राख्न आएका जैसिलाई खोला तर्ने क्रममा बेपत्ता बनाएको हो ।
घरबाट हिजो हिडेका ५० बर्षिय जैसी आज बिहान खोला तर्ने बेला सगै आएका भाई तरे पनि दाइलाई खोलाले बेपत्ता बनाएको हो ।
गए रातिको बर्षाले सोही खोलामा पानी बहाब उच्च भएको थियो भने बिहान खोला तर्दा बेपत्ता भएका हुन ।
उक्त खोलामा लगाइएको पुल पनि धेरै टाडाको दुरिमा र जोखिम भएकाले सागु बाट तर्ने गरे पनि बर्षाले सागु समेत बगाउँदा खोला तर्दा बगाएको हो ।
सँगै आएका भाईलाई भने रिपका स्थानियाले उद्दार गरि आफ्नै घरमा लगेका छन ।