अदुवा र बेसार सम्बन्धी कृषकलाई तालिम

रतन बहादुर रावत शनिबार, भाद्र ०९, २०८०

सिमकोट । दैनिक उपभोग्य बस्तुमा प्रयोग भइरहने अदुवा र बेसार खेती सम्बन्धी किसानहरुलाई अभिमुखिकरण गरिएको छ ।

जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ को तुम्चमा शुक्रबार फेज नेपालको आर्थिक सहयोगमा अभिमुखिकरण गरिएको हो ।

किसानका खेतबारीमा अदुवा बेसार खेति र उक्त खेतिमा लाग्नसक्ने रोग तथा किरा व्यवस्थापन सम्बन्धि १ दिने अभुमुखिकरण तालिम सम्पन्न भयको छ ।

गाउँपालिकाको तुमच गाउँका १८ जना कृषक हरुलाई उपस्थित गराइ छत्यालबाडामा उक्त बिसयमा अभिमुखिकरण गरिएको हो ।

मानव जिवनको दैनिक उपाभेग्य बस्तुको रुपमा दैनिक भान्सामा चाहिने बेसार र अदुवा मसलाको रुपमा मात्र नभइ मानव शरिरलाई रुघाखोकि, टाउको दुख्ने लगायत मानिसको लागि धेरै रोगसंग लड्ने क्षमता भयको जेटिए डबल भाटले बताए ।

यस्तै अदुवा र बेसारलाइ आयुर्बेधिक औसधिको रुपमा लिन सकिने भएको भन्दै यसले शरिरलाइ कुनैपनि हानि नगर्ने पनि बताउनु भयको छ ।

उक्त अभिमुखिकरण पश्चात् सबै किसानहरुको बारिबारिमै पुगेर अदुवा बेसार खेति सम्बन्धि लगाउने उपाहरु र सो खेतिको संरक्षणको बिसयमा पनि सहजिकरण गरिएको छ ।

गैरसरकारी नाम फेज नेपालका कृषि जेटिए डबल भाट र रुपलाल रावतकोले कृषकहरुलाई अभिमुखिकरण गरिएको हो । गाउँमा उत्त सस्थाले बिगतका केही बर्ष स्वास्थ्य र कृषाका लागि नागरीकलाई सहजिकरणका साथै सहयोग गर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]