३८ वर्ष पुरानो भवनबाट हुम्ला अस्पतालको सेवा प्रवाह

Nepal Chek बिहिबार, भाद्र १४, २०८०

सिमकोट । हिमाली जिल्ला हुम्लाको एक मात्रै जिल्ला अस्पतालमा २०४०,४२ सालमा निर्माण भएका भवनबाट सेवा प्रवाह हुँदै आएको छ । २० देखि ३८ वर्षसम्मका पुराना तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्दा कठिनाई भएको छ । अस्पताल स्तरोन्नति भए पनि गुणस्तरीय सेवा दिन भने समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । झण्डै ३८ वर्ष पुराना भवनलाई मर्मत तथा टालटुल गरेर सेवा दिनुपर्ने बाध्यता छ । सुविधायुक्त भवन नहुँदा सेवा विस्तार गर्न समस्या छ । ३८ वर्ष पुरानो भवनबाट विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन हुँदाउक्त भवनबाट सेवा प्रवाह हुँदै आएको छ । भने अहिले स्टोर कोठा बनाइएको छ । अन्य भवनबाट विभिन्न सेवा हुँदै आएको छ ।

पुरानो शैलीमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दा दैनिक कार्य सम्पादनमा समेत समस्या रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । प्रमुख सिंहले भन्नुभयो, पुरानो शैलिमा निमार्ण भएका भवन नयाँ मापदण्ड अनुसार नहुँदा समस्या भएको छ । चिकित्सक बस्ने आवास गृह भवन पनि जिर्ण छन् । धुलो झर्छ, बस्न समस्या छ । यस्तै ल्याप, इन्डोर,ओपिडी सेवा दिदै आएका भवन समेत धेरै पुरानो रहेका सिंहले बताउनुभयो । राम्रो कोठा नहुँदा सेवा प्रवाह सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ । नयाँ मापदण्ड अनुसार निर्माणका लागि विभिन्न तालुक निकायमा जानकारी गराएको बताउनुभयो ।

तीन जना विशषज्ञ र चार जना मेडिकल अधिकृत दरबन्दी रहेको उहाँले बताउनुभयो । पाँच जना मेडिकल अधिकृत छन् भने एक जना विशेषज्ञ डाक्टर कार्यरत रहेका छन् । ६ जना करार चिकित्सक रहेको सिंहले बताउनुभयो । अहिले जिल्ला अस्पतालमा दरबन्दी अनुसारका अन्य सबै कर्मचारी पुर्ण रहेको बताउनुभयो । जिल्ला अस्पतालमा औषधिकको त्यति समस्या नभएको सिंहले बताउनुभयो ।
हुम्लाको जिल्ला अस्पतालमा ७ जना सरकारी स्थायी चिकित्सकको दरबन्दी छ । तर, अस्पतालमा स्थायी चिकित्सक दुई जना मात्रै छन् । स्थायी चिकित्सकबिना नै अस्पताल चलिरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताउनुभयो । ठूलो संख्यामा रिक्त रहेको स्थायी चिकित्सक दरबन्दी सुरुदेखि नै खाली छ । प्रमुख सिंहले भन्नुभयो, स्थायी चिकित्सकको कोटा सुरुदेखि नै खाली छ, ७ वटा सरकारी कोटामा दुई जना मात्रै चिकित्स रहेका छन् । अहिले करार चिकित्सकका भरमा अस्पताल चलिरहेको बताउनुभयो । जिल्ला अस्पताल हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । हाल अस्पतालमा करार र स्थायी गरेर जम्मा ६२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिलेसम्म नवौं तहका स्थायी चिकित्सक आएका छैनन् । अहिले अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले उपचार गरिरहेका छन् ।

उहाँका अनुसार १५ शैयाको स्वीकृति पाएको अस्पतालले बेड संख्या बढाएर २३ शय्याबाट सेवा दिइरहेको छ । विशेषज्ञ डाक्टर र मेडिकल अधिकृत दरबन्दी अनुसारका छैनन् । जसले गर्दा जटिल रोगका बिरामीको उपचारमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा हुम्लाबासीले सास्ती खेपिरहेका छन् ।

दुई दिन लगाएर जिल्ला अस्पतालमा श्रीमतीको उपचार गराउन आउनभएका सर्केगाड गाउँपालिका २ रिप गाउँका धनविर नेपालीका अनुसार, पुरानो भवन करार चिकित्वले भएपनि सेवा राम्रो दिएको छ । सात दिनसम्म अस्पतालमै रहेका नेपालीले राम्रो सेवा पाएको बताउनुभयो ।

गाउँमा रहेका स्वास्थ्यचौकीमा राम्रो उपचार नहुँदा जिल्ला अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीको भिड बड्ने गरेको छ । खार्पुनाथ गाउँपालिका ४ छिप्रा गाउँका रमिता रावलका अनुसार राम्रो सेवाको लागि जिल्ला अस्पताल आएको बताउनुभयो ।

जिल्ला अस्पतालको भवन पुरानो भएपनि चिकित्सकले सेवा राम्रो दिएको विरामीले बताउने गरेका छन् । पाँच दिनसम्म अस्पतालको वार्डमा भर्ना भएपनि नियमीत चेकजाँचका लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी आउने गरेको सिमकोट गाउँपालिका ७ का महेश्वरी शाहीले बताउनुभयो । बच्चा विरामी भएको पाँच दिन भयो, आजसम्म राम्रो उपचार पाएको शाहीले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]