काठमाडौं । कृषि टेलिभिजन सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले वैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।
बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले जानकारी दिए ।
लामो समयदेखि टेलिभिजनमा पत्रकारहरुले तलव नपाएको भन्दै उनीहरु विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
थापा कृषि बहुउद्देश्यीस सहकारी संस्थाको संचालक समेत हुन् । उक्त सहकारी संस्थामा लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।