सिमकोट । एमाले हुम्लाले पार्टीको कर्णाली प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि छनोट गरेको छ। गाउँको गाउँपालिकास्तरको कमिटीको भेलाबाट ती प्रतिनिधि छनोट गरेको हो।
एमाले केन्द्रीय सदस्य दलबहादुर रावलले जिल्लाका सात वटै गाउँपालिकाबाट संगठित सदस्यका आधारमा ४८ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट भएको बताए।
एमाले हुम्लाबाट प्राप्त भएको विवरणअनुसार प्रदेश प्रतिनिधि गाउँपालिकाअनुसार नाम्खाबाट चार जना, सिमकोट गाउँपालिकाबाट आठ जना, खार्पुनाथ गाउँपालिकाबाट पाँच जना, सर्केगार्ड गाउँपालिकाबाट नौ जना, चंखेली गाउँपाकिालबाट चार जना, अदानचुली गाउँपालिकाबाट दश जना र ताँजाकोट गाउँपालिकाबाट चार जना प्रदेश अपधबेशन प्रतिनिधि छनोट भएको छ।
यसमा दलित क्लष्टरमा ६ जना दलित प्रतिनिधि छनोट भएका छन् भने कुल प्रतिनिधिमध्ये १० प्रतिशत युवा छनोट भएको छ। सबै प्रतिनिधि सर्वसम्मत छनोट भएको एमाले जनाएको छ। यी प्रतिनिधि छनोटका लागि एमालेले शनिबार र आइतबार गरी दुई दिन समय लगाएको थियो।
एमाले कर्णाली प्रदेशको प्रदेश अधिवेशन आगामी असोज ९ र १० गते सुर्खेतमा हँुदै छ।