सिमकोट गाउँपालिका प्रमुख आलेले सम्हाले कार्यभार

Nepal Chek मंगलबार, आश्विन ०२, २०८०

सिमकोट । सिमकोट गाउँपालिकाका लागि आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत शुवास आलेले आजबाट गाउँपालिका कार्यालयमा हाजिर गर्नु भएको छ । यस अघिको संघिय सरकारको निर्णय अनुसार हुम्लाका सातवटै गाउँपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने निर्णय गरेपछि जिल्लामा नयाँ प्रमुख प्रशासकीयहरु सम्वन्धित गाउँपालिका केन्द्रमा पुग्नेक्रम बढ्दै गएको छ ।

सोमबार जिल्ला बाहिरबाट आउनु भएका अधिकृत आलेले सिमकोट गाउँपालिकामा आफ्नो कार्यभार सम्हालेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनु भएको छ । अध्यक्ष भण्डारीका अनुसार सिमकोट गाउँपालिकामा तोकिएका आलेललाई आजै एक कार्यक्रमका विचि स्वागत गरि काम कार्य अघि बढेको छ ।

नेपालगंजदेखि सोमबार आउनु भएका आलले गाउँपालिका केन्द्रमा पुगी गाउँपालिकाले स्वागत गर्दै कार्यभार सम्हाल्नु भएको छ । अधिकृत आले पालिकामा पुगे संगै गाउँपालिका अध्यक्ष बिजय भण्डारीले प्रशासकीय अधिकृत आलेलाई टसि खादा लगाएर कार्यालयमा स्वागत गर्नु गर्नु भएको थियो । स्वागत कार्यक्रममा अध्यक्ष भण्डारीले मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत पठाएर गाउँपलिकामा पुगेपछि काम गर्न पनि सहज हुने बताउनु भएको छ ।

आफ्नो जिम्मेवारी सम्हाल्नुहुँदै अधिकृत आलेले इमानदारीताका साथ काम गर्ने जानकारी दिंदै दुर्गम भए पनि सुशासन कायम हुने गरी लाग्ने बताउनु भएको छ । यसअघि निमित्त प्रशासकिय अधिकृत रुपमा काम गरीरहेको सिमकोट गाउँपलिकाले अब सहज तरीकाले काम गर्न सकने भएको बताइएको छ ।

गाउँपालिकाको केही फरक पहिचान बनाउने गरी काम गर्ने सोचमा रहेको बताउनुहुँदै उहाँले यसका लागि जनप्रतिनिधिहरूको सहयोगको अपेक्षा समेत राख्नु भएको छ । जिल्लाका सातवटा स्थानिय तह मध्य आन्तरिक स्रोत धेरै भएको गाउँपालिका भित्र सिमकोट गाउँपालिका पर्ने गरेको छ । उहाँले भएकै साधन र स्रोतबाट आगामी दिनहरुमा लाभ पुग्ने कामका लागि आफ्नो प्राथमिकता रहने बताउनु भएको छ ।

यसअघि गाउँपालिकाले उपाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक बसी बाहिरको मान्छेले काम गर्न नसक्ने र जिल्लामा टिक्न नसक्ने भन्दै मन्त्रालयलाई परिपत्र समेत पठाएको भएपनि अन्तमा सिमकोट गाउँपालिकामा संघिय सरकारले खटाएका प्रमुख प्रशासकिय अधिकृतले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मन्त्रलयले जिल्लाका सबै स्थानिय तहका लागि प्रमुख प्रशासकीय अधिकृत पठाएको सुचना प्रकाशन पछि सो निर्णय गरिएको भएपनि बदर भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]