चार दिनदेखी एक बालिका बेपत्ता

Nepal Chek सोमबार, आश्विन १५, २०८०

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका याल्वाङबाट एक जना बालिका बेपत्ता भएकी छन् । खार्पुनाथ गाउँपालिका–२ थाली घर भई हाल नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध माध्यामिक विद्यालय याल्वाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजता रावल बेपत्ता भएकी हुन् । बालिका बेपत्ता भएको चारदिन भएको छ । हिमाली वाल समाज छात्रबासमा बस्दै आएकी रावलाई सोही छात्रबासले निश्कासन गरेपछि बालिका वेपत्ता भएको आफन्त चिन बोहराले बताउनुभयो ।

छात्राबासले विभिन्न आरोप समेत लगाएको बेपत्ता भएकी बालिकाले लेखेर छोडेको नोट कापीमा छ । कापिमा नोट लेखी रावल बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाले लेखेको नोटको सुरुमै आफु अब यो संसारमा रहदिन होला, अब मैले बाच्नु पर्ने यत्ति मात्र लेखिएको रहेछ भनि लेखेकी छन् । छात्राबासका शिक्षक शिक्षिकाले विभिन्न खाले टचर दिनुका साथै प्रहरीसँग भेटघाट गर्ने गरेको आरोप समेत लगाएको ती बालिकाले लेखेर छोडेको नोट कापीमा छ । छात्राबासले दिएको विभिन्न तनावका कारण अवदेखि यो संसारमा रहदैन भन्दै कोठाबाट कापिमा लेखेर छोडेको आफन्त बोहराले बताउनुभयो । बालिकालाई छात्राबासले राती राती प्रहरीसँग भेट्न जाने, सँगै खाजा खान जाने, हल भित्र टिकटक बनाउने लगायतका आरोप लगाएको कुरा ती बालिकाले कापिमा लेखेर छोडेर बेपत्ता भएकी हुन् ।

सोही छात्राबासको असोज ७ गतेको निणर्यले बालिकालाई असोज १० गते सो छात्राबासबाट निश्कासन गरेपछि बालिका सोही दिन सदरमुकाम सिमकोटमा रहेको आफ्ना दिदि भिनाजुको बस्ने कोठामा पुगेको भिनाजु बोहराले बताउनुभयो । सदरमुकाम आफ्नो कोठामा पुगेसँगै छात्रावासले लगाएको आरोप सबै सुनाउनुका साथै कापीमा लेखेर छोडी बालिका बेपत्ता भएको आफन्त बोहराले बताउनुभयो ।

बालिकाको खोजविनका लागि असोज १३ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको प्रहरिले जनाएको छ । खोज तलासका लागि बेपत्ता भएकी बालिकाको प्रयोग गर्ने मोबाईल फोन समेत जिल्ला प्रहरी कार्यालयमा पेश गरेको बोहराले बताउनुभयो । बालिकाको खोजिविनका लागि एसएमएस, इनकमिङ र आउटिङ कल लगायतको बिबरण उपलव्ध गराउन जिल्ला प्रहरी कार्यालयले हुम्ला जिल्ला अदालतलाई असोज १४ गते अनुमति माग्नुका साथै सोही दिन अदालतले आदेश समेत दिइ सकेको जिल्ला अदालतका डिट्ठा राजबहादुर शाहीले बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]