सिमकोट गाउँपालिकाले चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग पाएको छ । गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, स्वास्थ्य संयोजक दान बहादुर बोहरा, ध्रुब सिंहको पहलमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने आवश्यक सामग्री आज जिल्लामा आई पुगेर चारवटा स्वास्थ्यचौकीलाई वितरण गरीएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रबाट तीनवटा र बौद्धिष्ट विहार बुढानिलकण्ठ काठमाण्डौबाट एकवटा गरी चारवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप जिल्लामा पुगेर आज नै पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकीमा वितरण गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक दान बहादुर बोहराले जानकारी दिए ।
वडा दुईमा रहेको ठेहे स्वास्थ्य चौकी, वडा तीनमा रहेको बरगाउँ स्वास्थयचौकी , वडा सातमा रहेको डाडाफयाँ स्वास्थ्यचौकी र वडा आठमा रहेको स्याडा स्वास्थ्यचौकीलाई एक एक वटा अक्सिजन कन्सन्ट्रेटर आज नै वितरण गरीएको संयोजक बोहराले बताए ।
राष्ट्रि आविष्कार केन्द्रबाट तीनवटा र बौद्धिष्ट विहार बुढानिलकण्ठ काठमाण्डौले अक्सिजन कन्सन्ट्रेटर सहित अन्य स्वास्थ्य सामाग्री समेत सहयोग पाएको बोहराले बताए ।
सेनिटाइजर, मास्क, पिपिइ सेट, लगायतका स्वास्थ्य सामाग्री पनि सहयोग पाएको बताइएको छ । दुईवटा संस्थाबाट करिब रु नौ लाख मुल्य बराबरको सामाग्री सहयोग पाएको उनले बताए ।
अक्सिजन कन्सन्ट्रेटर आज वितरण गरीएको हो । जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोना संक्रमणको नियन्त्रणमा यसले थप सहयोग पुग्ने भएको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।