मानसरोवर कैलाशको दुरदर्शन गर्न काँग्रेस नेता निधि हुम्लामा

Nepal Chek बुधबार, आश्विन २४, २०८०

सिमकोट । नेपलाी काँग्रेसका नेता बिमलेन्द्र निधि हुम्ला आई पुग्नु भएको छ । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँको नामले परिचित लिमीको नेपाली भुमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन नेता निधिको टोली सुर्खेतबाट हुम्ला पुग्नुभएको हो ।

काँग्रेस पुर्ब उपसभापति र उपप्रधामन्त्री समेत रहनु भएका नेता निधि नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शनका लागि हुम्ला आई पुग्नुभएको नेपाली काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंहले बताउनुभयो । नेता निधि सहितको टोली बुधबार विहान सिमकोट आइ पुग्नुभएको हो ।
आज एक दिन सिमकोटमा रहने र बिहीबार बिहानै लाप्चातर्फ लाग्ने कार्यक्रम रहेको छ । बुधबार निधिले नेपाली काँग्रेस हुम्लाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नेता निधि र काँग्रेस कार्य सम्पादन समितिका सदस्य जीवन बहादुर शाहीले प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली काँग्रेस हुम्ला पार्टी सभापती सिंहले बताउनुभयो ।

उहाँको टोली मंगलबार आउने कार्यक्रम रहेको भएपनि सिमकोटमा हावा बढेको कारण उडान हुन सकेको थिएन । नेता निधिको टोलीमा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री शाही, संघीय सांसद सीता कुमारी राना, नेपाल ट्रेट युनियनका पुर्ब अध्यक्ष खिलानाथ दाहाल लगाएत सिमकोट आउनुभएको हो । नेता निधिको टिमलाई प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई, सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला रोकाया भाम नेपाली काँग्रेस नेता तथा कार्यकर्ताहरुले सिमकोट बिमानस्थलमा स्वागत गरेका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]