सहुलियत मूल्यमा खाद्यान्न बिक्री

Nepal Chek बुधबार, आश्विन २४, २०८०

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले नेपालीहरुको महानचार्ड दशैँ तिहार लक्षित गर्दै सहुलियतमा खाद्यान्न बिक्री वितरण गरिरहेको छ ।

सर्वसाधारणलाई चाडबाडमा राहत पुर्याउने उद्देश्यले लिमिटेड शाखा हुम्लाले प्रतिकेजी रु सात रुपैयाँ छुटमा सहुलियतमा खाद्यान्न बिक्री गरिरहेको सोही शाखाका नायब सुब्बा नवीन आर्चायले बताउनुभयो । लिमिटेडले १७ लाख ५० हजार रुपैयाँको सहुलियतमा खाद्यान्न बिक्री गर्ने भएको हो । खाद्य संस्थान शाखा कार्यालय हुम्लाले सिमकोट गाउँपालिका, बजार व्यवसायी र कर्मचारीका लागि दुई हजार पाँच सय कुइन्टल वितरण गरिरहेको छ भने यसै भित्रबाट एक सय पचास कुइन्टल चामल खार्पुनाथ गाउँपालिकाका नागरीकलाई समेत यस लगत्तै वितरण गरिने भएको नासु आचार्यले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ–तिहारका लागि सहुलियतमा असोज २१ गतेदेखि रासन कार्डबाट विक्री वितरण भइरहेको खाद्यान्न असोज २९ गतेसम्म विक्री हुने भएको हो ।

बडादसैँ र तिहार नेपालीको महान चाड भएकाले शाखाले सहुलियतको व्यवस्था गरेको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताउनुभयो । शाखाबाट बिक्री हुने सबै प्रकारको खाद्यान्नमा प्रतिकेजी सात रुपैयाँ छुटमा बिक्री भइरहेको छ । लिमिटेड शाखा हुम्लाले वितरण गरिरहेको छुटको खाद्यान्नमा जिरा मसिनो चामल प्रतिकेजी ९५ रुपैयाँमा ८८ रुपैयाँ पर्नेछ । त्यसैगरी प्रतिकेजी ६८ मा बिक्री भइरहेको सोना चामलमा ६१ रुपैयाँ, मध्यम अरुवामा प्रतिकेजी ६७ बाट ६० रुपैयाँमा, अरुवा प्रतिकेजी ६२ बाट ५५ रुपैयाँमा बिक्री भइरहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

यसबाट १८ हजार ५ सय ७३ सर्वसाधारण, बजारवासी र कर्मचारी लाभान्वित हुनेछन् । एक जनाले सातदेखि १० केजीसम्म खाद्यान्न पाउँदै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]