सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवती महिलाको घर सहजै पहिचान होस् भने निलो भण्डा राखेको छ । १ देखि ८ वडा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतका सबै स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा राखिएको हो । सिमकोट गाउँपालिका १ देखि ८ वडा सम्म १ सय १० जना गर्भवती महिला रहेका छन् भने उनीहरु सबैको घरमा निलो झण्डा राखिएको स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले बताउनुभयो ।
गर्भवती महिला सुत्केरी नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानको लागि यो अभियान सञ्चालन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो । सबै वडामा रहेको स्वास्थ्य संस्थाहरुलाई दशैँ र तिहारको विचमा वितरण भएको र उक्त झण्डा गर्भवती महिलाहरुका घरमा निलो झण्डा राखिएको हो । ‘गर्भवति पहिचान घर कार्यक्रम’ सिमकोट गाउँपालिकाले लेखेको झण्डा गर्भवतीको घरमा राखीएको छ । यो गर्भवति महिलाको घर हो भन्ने कुरा जसवाट सजिलै थाहा हुने उहाँले बताउनुभयो ।
स्वास्थ्य संयोजक भण्डारीले भन्नुभयो, “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ,” यो अभियानले गर्भवती महिलाहरुको घरमा सुत्केरी गराउनेको सख्या घट्ने छ । सिमकोट गाउँपालिका वडा १ देखि ८ वडामा शिशु र आमाको मृत्युदर घटाउनको लागी गर्भवती महिलाको घरमा निलो झण्डा राखिएको हो ।” झण्डाले घर पहिचान गर्ने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज हुने संयोजक भण्डारीले बताउनुभयो ।
सिमकोट गाउँपालिका वडा १ मा ८ जना, २ मा १५ जना, ३ मा २ जना, ४ मा ४ जान, ५ मा १६ जना, ६ मा १२ जना, ७ मा २३ जना र ८ मा ३० जना सुत्केरी गराउनेको सख्या रहेको छ । यी सबै गर्भवतीको घरमा निलो झण्डा राखिएको संयोजक भण्डारीले बताउनुभयो । ग्रामीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मीले विशेष प्राथमिकता भएको छ ।
गर्भ अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने र पोषिलो शाखा खाने, टिटि सुई लगाएत जनचेतना दिने कार्याक्रम समेत सञ्चालन गरिएको छ ।