हुम्लामा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको गोल्डकप हुने

Nepal Chek आइतबार, मंसिर ०३, २०८०

सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कारको गोल्डकपको आयोजना गरिएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगीतामा विजेता हुने टिमलाई रु दुई लाख एक सय एघार रुपैयाँ पुरस्कार रहेको छ । हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन मङ्सिर ४ गतेबाट हुने भएको हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णु बहादुर रावतले बताउनुभयो । गोल्ड कप विजेता टिमले दुई लाख १ सय ११ रुपैयाँ पुरुस्कार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख १ सय ११ रुपैयाँ नगद प्राप्त गर्ने भएको अध्यक्ष रावतले बताउनुभयो ।

मङ्सिर १ गतेदेखि मङ्सिर ३ गते साँझ ४ बजेसम्म टिम दर्ताको समय रहेको उहाँले बताउनुभयो । मङ्सिर २ गतेबाट सञ्चालन हुने भनिएको भएपनि विभित कारणले ४ गतेबाट सुरु हुने भएको छ । आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष रावतले भन्नुभयो, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएपछि दुई अघि हुने भनिएको भएपनि मङ्सिर ४ गतेबाट सञ्चालन गर्ने गरी मिति सारिएको छ ।” खेल मैदानमा खाल्डाखुल्डी भएको र त्यसलाई मिलाउनुपर्नेका साथै प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले पनि केही तयारी गर्न बाँकी रहेका कारण खेलको मिति सरेर ४ गतेबाट हुने अध्यक्ष रावतले बताउनुभयो । हालसम्म १३ वटा क्लबले प्रतियोगितामा भाग लिन टिम दर्ता गराएका छन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतिगोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ । यो प्रतियोगिता सञ्चालन गर्न २० लाख लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com