उत्कृष्ट काम गर्ने पाँच स्वास्थ्य स्वयमसेविका पुरस्कृत

Nepal Chek मंगलबार, मंसिर १९, २०८०

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई पुरस्कृत गरेको छ ।

२० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आज पाँच जना स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो । पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वयमसेवीकाहरुलाई टसी खादा लगाएर सम्मान सँगै पुरस्कार प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो । जनही रु तीन तीन हजार रुपैयाँ सहित टसी खादा लगाएर र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

पुरस्कृत हुनेहरु ठेहे स्वास्थ्यचौकी ललिता लामा, छिरिङ लामा बरगाउँ स्वास्थ्यचौकी, सरस्वती रावत सिमकोट, रिता शाही डाडाफया स्वास्थ्यचौकी र स्याडा स्वास्थ्यचौकीका महिला स्वयमसेवीका रहेको प्रमुख भण्डारीले बताउनुभयो ।

यस्तै “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेवीकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले तल्लो बजारदेखि माथिल्लो बजारसम्म र्याली समेत निकालेको सोही कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा र सिमकोट गाउँपालिकाको सह–आयोजनामा सिमकोट बजारमा र्याली निकालिएको हो । एक कार्यक्रमका विच २० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवस सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

यस्तै जिल्लाको अन्य नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाले समेत यो दिवस मनाएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]