हुम्लामा पनि मनाइयो नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवश

जिल्लामा एमालेलाई एकिकृत बनाउन नेताहरुको जोड

दाने बोहरा बिहिबार, साउन ०७, २०७८

सिमकोट । विसं १९८१ असार १५ मा रामेछाप जिल्लाको भंगेरीमा जन्मेका नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवश हुम्लामा पनि विविध कार्यक्रमकाको आयोजना गरेर मनाइएको छ । प्रतिपक्ष नेकपा एमालेको आयोजनामा आज श्रेष्ठको स्मृति दिवश मनाइएको हो ।

नेकपा एमाले हुम्लाका उपाध्यक्ष ज्ञामी वुमीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठकै योगदानका कारण नेपाली भूमिका ७५ प्रतिशत कम्युनिस्टको जन्म भएको बताए ।

नेकपाका संस्थापक महासचिव श्रेष्ठको ४३ औं स्मृति दिवशका अवसरमा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सिमकोटमा संवोधन गर्दै उपाध्यक्ष बुमीले यस्तो बताएका हुन् ।

पुष्पलाल सहितका चारजना यूवाहरुको पहलका कारण आज देशमा दुई तिहाई मतदातको संख्या कम्युनिस्ट भएपनि केन्द्रका नेताहरुको व्यक्तिगत स्वार्थका कारण नेपाली कम्युनिस्ट आन्दोलन सहिदैं गएको दावी गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार जनमत हुँदा पनि सर्वोच्चको आदेशले बहिर्गमन हुनु परेका उल्लेख गरेका बुमीले हुम्लामा कसैले पनि एमालेलाई विभाजन गर्न नहुने बताए । बहुदलिय जनवादको सैद्धान्तबाट बिचलित नहुन आग्रह गरेका वुमीले भने, ‘हुम्लामा एमालेको भविष्य भएकाले केन्द्रका नेताहरुको झुण्डमा लागेर एमालेलाई विभाजित नगराउन आग्रह गरे ।’

केन्द्रका नेताहरुका कारणगाउँस्तरका नेता कार्यकर्तालाई नैराशयता छाएको बताएका बुमीले पार्टीको ंस्थागत नीति र विधि मानेर एमालेलाई एकढिक्का बनाएर लैजान केन्द्रका नेतालाई आग्रह गरे ।

कार्यक्रममा खेलकुद विकास समितिका जिल्ला अध्यक्ष तथा एमाले सचिवालय सदस्य बिनाद बोहराले केन्द्रमा जस्तासुकै समस्या आएपनि जिल्लामा एकमत भएर अघि बढ्नु पर्ने बताए ।

यसैगरी सर्केगाड गाउँपालिका–१का वडाअध्यक्ष गोकुल बुढाले स्वर्गिय पुष्पलाल श्रेष्ठले नेपालको लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्न प्रजातान्त्रीक शक्तिलाई समेत आफूसँग ल्याएर जहाँनिया राणा शासन विरुद्ध लागेको उल्लेख गरे ।

एमाले जिल्ला कमिटि हुम्लाले आयोजना गरेको पुष्पलालको ४३ औं स्मृती दिवशका अवसरमा श्रेष्ठको तस्बीरमा माल्यअर्पण समेत गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]