दुई विद्यालयका विद्यार्थीलाई युवा नेता खड्काले गरे शैक्षिक सामग्री सहयोग

Nepal Chek शनिबार, पौष १४, २०८०

सिमकोट । लामो समयदेखि व्यवसाय एवं विद्यार्थी राजनितिमा होमिदै आउनुभएका हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का खेम खड्काले सानोमा आफुले अध्ययन गरेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ मा रहेका दुई वटा भानुभक्त आधारभूत विद्यालय गोप्काका २ सय र मोतिराम आधारभूत विद्यालय देउखुरीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री राजनितीकर्मी खड्काले सहयोग गर्नुभएको हो ।

खड्काले आफ्नै व्यक्तिगत खर्चमा यी दुईवटा विद्यालयका दुई सय ६० जना विद्यार्थीलाई प्रतिविद्यार्थी कापी, कलम, पेन्सिल, इलेजर लगायतका शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । भने विद्यालयलाई खेलकुद सामग्री चेस, लुडो, लगायतका सामग्री हस्तान्तरण गरेको भानुभक्त आभारभूत विद्यालयका प्रधानध्यापक पूर्ण बुढाले बताउनुभयो । खड्काको सहयोगले विद्यार्थीलाई राहत मिलेको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

राजनितीकर्मी तथा युवा व्यवसायी खड्काले कक्षा चारसम्म गाउँमै रहेको विद्यालयमा अध्ययन गरेर त्यसपछि शहर केन्द्रित भएर अध्ययन गरेको बताउनुभयो । खड्काले भन्नुभयो, “मेरो सानो सहयोगले विद्यार्थीलाई थप उर्जा मिल्नेछ । हामीले सानो छदा गाउँमै रहेको विद्यालयमा पढ्छौ पछि उच्च शिक्षाका लागि जिल्लाबाहिर जाँदा विर्सन्छौ ।” खड्काले थप्नुभयो, गाउँमा सबैले कापी,कलम किन्न सक्ने अवस्था छैन्, यो मेरो सानो सहयोगले गरिब,दुखि,विधवा महिलाका घरपरिवारका बालबालिकालाई राहत मिलेको छ ।”

जिल्ला बाहिर काठमाण्डौंमा रहेर व्यवसाय गरे पनि गाउँघरप्रति माया देखाएको भन्दै खार्पुनाथ गाउँपालिका– १ का वडाध्यक्ष जयबहादुर शाहीले खड्काको प्रशंसा समेत गर्नुभएको थियो । अझै गाउँघरको माया र सहयोगका लागि आशवादी रहेको वडाध्यक्ष शाहीको भनाई थियो ।

सहयोगी मनभएका खड्का नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ हुम्लाको नेता हुन् । उहाँले यी दुई वटा विद्यालयमा करिब रु पचास हजार बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । युवा नेताका साथै एक सफल युवा व्यवसायी समेत हुन् । खड्कालाई गोप्का गाउँमा भव्यताका साथ बाजागा सहित स्वागत समेत गरिएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]