तोकियो एम्बुलेन्सको भाडादर

दाने बोहरा शुक्रबार, पौष २०, २०८०

सिमकोट । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेको एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाको सडक पुगेका वस्तिहरु सम्मका लागि एकरुपता ल्याउन किलो मिटरका आधारमा एम्बुलेन्सको भाडादर कायम गरिएको हो । उक्त वस्तिहरुमा भएका विरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय अन्तरगत रहेको जिल्ला अस्पतालबाट तीनवटा गाउँपालिकाका विभिन्न वस्ति र सदरमुकाम भित्र प्रतिकिमिका आधारमा भाडादर तय भएको हो । सदरमुकामदेखि जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीको बस्तिबाट विरामी ल्याउन रु ३२ हजार सबैभन्दा बढी भाडा लाग्ने भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । सदरमुकाम बजार भित्रबाट जिल्ला अस्पतालमा विरामी पुर्याउँदा रु एक हजार एम्बुलेन्सको भाडा लाग्ने भएको छ ।

यस्तै सदरमुकामदेखि बुराउँसे रु १५ सय, ठेहे तीन हजार, बरगाउँ रु २५ सय, दोजाम रु ५५ सय, डाडाफया रु २३ सय, हेप्का रु तीन हजार, खार्पुनाथ रु ३६ सय, याल्वाङ रु नौ हजार, याङ्गार रु ९ हजार ८ सय, मुचु रु दश हजार पाँच सय, लिमाटाङ रु २५ सय, लिमी ३२ हजार भाडादर कायम गरिएको छ । भने त्यस्तै खगालगाउँ रु चार हजार पाँच सय, हिल्सा रु तीस हजार, तुम्कोट रु एघार हजार, यारी रु १३ हजार पाँच सय, चौगनफया रु पाँच हजार पाँच सय, धारापोरी रु पाँच हजार पाँच सय, केर्मी रु ६ हजार ८ सय, लाग्ना रु १५ सय, तोर्पा रु तीन हजार एम्बुलेन्सको भाडा रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

गन्तव्य स्थान सम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा विल दिनुपर्ने र तोकिए भन्दा बढी भाडा लिन नपाइने भएको सिनियर अनमी बोहराले बताउनुभयो । भारतीय दूतावासद्वारा गत वर्ष जिल्ला अस्पताल हुमलालाई उपहारस्वरुप सहयोगप्राप्त भएको एम्बुलेन्स हो ।

लामो समयदेखि काठमाण्डौमा सवारी साधन चलाउँदै आएका अनुभवी सिमकोट गाउँपालिका–२ ठेहे गाउँका गणेश रावललाई जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले एम्बुलेन्स चालकमा केही दिन अघि मात्रै नियुक्ति गरेको थियो । विरामीको सेवाका लागि आफु जतिखेर पनि हाजिर हुने एम्बुलेन्स चालक रावलको भनाई थियो ।

नयाँ भाडादर :

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]