काठमाडौं । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको छ ।
जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन आदेशमा भनेको छ ।
बिहीबार आयोगले गठन गरेको इजलासमा भएको सुनुवाइ पछि यस्तो आदेश गरेको हो। यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो ।
यसअघि आयोगले दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, जसपाका दुवै पक्ष, अध्यक्ष महन्थ ठाकुर(राजेन्द्र महतो र उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षले मिल्न नसकिने भन्दै कानुन अनुसार निर्णय गर्न भनेका थिए ।
त्यसपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर सुनुवाइ थालेको हो ।