स्थानीय आर्थिक विकास कार्यक्रमका लागि हुम्लाको सिमकोट गाउँपालिका छनोट

Nepal Chek शुक्रबार, माघ ०५, २०८०

सिमकोट । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत हिमाली जिल्ला हुम्लाको एक मात्रै सिमकोट गाउँपालिका छनोट भएको छ । जिल्लामा सातवटा स्थानीय तह भएपनि सदरमुकाममा रहेको सिमकोट गाउँपालिका छनोट भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यक्रमका लागि सिमकोटलाई छनोट गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत पालिकाले कृषि, पशुपालन, पर्यटन, उद्योग लगायतका रोजगारी सिर्जनाका क्षेत्रमा काम गर्न सकिनेभएको गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले बताउनुभयो । यो कार्यक्रम पालिका र सङ्घीय सरकारको साझेदारीमा सञ्चालन हुने भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्यविधि अनुसार नवप्रवर्तन भन्नाले स्थानीय आर्थिक विकासको क्षेत्रमा नविनतम सोंच, नवीनतम अवधारण, नवीनतम लगानीको ढाँचा र नवीनतम प्रविधिको माध्यमबाट भिन्न तवरले गरिने उद्यमशीलता, सीप विकास, वस्तु तथा सेवाको उत्पादन तथा वितरण सम्बन्धी कार्य भनिएको छ । यसले आर्थिक सशक्तीकरण, सीप विकास, उद्यमशीलता विकास तथा औद्योगित प्रवद्र्ध, आर्थिका विकास पूर्वाधार निर्माण, विशिष्टकृत वस्तुको उत्पादन लगातयका स्थानीय आर्थिक विकासमा योगदान दिने नयाँ प्रविधि, नयाँ ज्ञान, विधि, तौरतरिका, सीप, अवधारणा र सिर्जनशील आर्थिक क्रियाकलापलाईसमेत जनाइएको छ ।

यस्तै देशैभरिका १०४ स्थानीय तह छनोट हुँदा कर्णालीका चारवटा जिल्लाका कुनै पनि स्थानीय तहलाई छनोटमा पारिएको छैन । जसमा जाजरकोट , डोल्पा , मुगु र जुम्लालाई स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोटमा पारिएको छैन ।

कार्यक्रममा छनोट भएका देशभरका १०४ पालिकालाई संघिय सरकारले रु ८८ करोड रकम विनियोजीत गरेको छ । नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका देशभरमा १०४ स्थानीय तहहरूलाई मन्त्रालयले छनोट गरेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]