हुम्लामा पुनः हिमपात

Nepal Chek आइतबार, माघ २१, २०८०

सिमकोट । हुम्लामा पुनः आइतबार विहानदेखि हिमपात भइरहेको छ । दुई दिन अघि बुधबार राती जिल्लामा तेस्रो पटक हिमपात भएको हो भने आज विहानबाट चौथो पटक हिमपात भएको छ । शनिबार दिउँसो हुम्लामा घाम लागेको भएपनि राती एक्कासी मौसममा फेरवदल भइ बाक्लो बादल लागेर आइतबार विहानबाट हिमपात भइरहेको छ ।

विहानबाट हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इन्च बढी हिउँ जमेको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताउनुभयो । स्वास्थयकर्मी भण्डारीका अनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको बताउनुभयो । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताउनुभयो । चिसोका कारण घर बाहिर निस्कन र हिड्डुल गर्न समस्या बनाएको उहाँले बताउनुभयो । उत्तरी नाम्खामा पनि विहानैदेखि हिमपात भइरहेको छ । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गार लगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथ लगायत अधिकांस उच्च क्षेत्रमा बिहिबार विहान हिमपात भइरहेको छ । भने होचो स्थानमा पानी परीरहेको छ । लामो समयदेखि हिमपात नहुँदा खडेरी हुने चिन्तामा रहेका किसानको मुहारमा खुसी छाएको छ । यो पटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा समेत सहयोग भएको स्थानीय कमल भण्डारीले बताउनुभयो । हिउँ नपर्दा चिन्तामा रहेका हुम्लाका किसानको मुहारमा महिनौपछि आएको हिउँले भने खुसी ल्याएको छ । यो पटक परेको हिउँले ठुलो राहत किसानलाई मिल्ने भएको छ ।

जिल्लाको एक मात्रै अन्तर जिलला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । यतिबेला सम्म एक दुई फलाईट नेपालगञ्ज, सुर्खेतबाट गरी सक्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको हो । आइतबार विहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन सकेको हो । भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् । शिनबार तारा एयरले नेपालगञ्जबाट एक फलाईट परेको सोही एयरलाइन्स सिमकोट शाखा कार्यालयका लोकेन्द्र बोहराले बताउनुभयो । अन्य कुनै पनि जहाजले उडान भर्न नसकेका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]