सिमकोट । नेकपा माओवादी केन्द्र सिमकोट गाउँ कमिटीले तल्लो बजारमा रहेको पार्टी कार्यालयमा २९ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयमा सिमकोट गाउँ कमिटीका अध्यक्ष ताक्ला जिक्मेत लामा(मुस्कान) पूर्व जिलला समन्वय समितीका सभापती दान बहादुर रावत लगायतका अन्य जिल्ला स्थित नेता कार्यकर्ताको उपस्थितमा जनयुद्ध दिवस मनाइएको हो ।
नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी, रुकुमको आठबिसकोट, सिन्धुलीको सिन्धुलिगढी प्रहरी चौकिमा एकैसाथ सोही समयमा आक्रमण गरि जनयुद्धको घोषणा गरेको थियो । करिब १० बर्ष लामो युद्धपछि तत्कालीन राजनैतिक दलहरूसँग १२ बुँदे समझदारी हुँदै १९ दिने जन आन्दोलन मार्फत निरंकुश राजतन्त्रलाई समाप्त गरी देशमा गणतन्त्र स्थापना भएको थियो ।
नेकपा माओवादी केन्द्र पार्टीले राजतन्त्रको विरुद्ध गरेको लडाइँलाई जनयुद्धको नाम दियो । जुन युद्धको आडमा भएको जन आन्दोलनले मात्र आजको लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समाबेसीता, वाक स्वतन्त्रता जस्ता परिवर्तन सम्भव भएको नन्द रावतले बताउनुभयो । जनयुद्धको जगमा भएको परिवर्तनको लाभ लिने युद्ध बिरोधिहरुपनि नाक नखुम्चाई हजारौं सहिदहरुलाई सम्मान गर्दै परिवर्तनको रक्षा गर्न जनयुद्धको इतिहासलाई नबिर्सिन अनुरोध समेत गर्नुभयो ।
जिल्लाको सर्केगाड गाउँपालिका–३ उनापानीमा नेकपा माओवादी केन्द्र वडा कमिटीले देउडा प्रतियोगीताको आयोजना गरेको शिव फडेराले बताउनुभयो । मंगलबार जनयुद्ध दिवसको दिन देउडा प्रतियोगीता हुनुका साथै अन्य कार्यक्रम सञ्चालन भएको फडेराले बताउनुभयो । यस्तै जिल्लाका अन्य ताँजकोट, चंखेली, अदानचुली लगायतका गाउँपालिकामा समेत जनयुद्ध दिवस माओवादी मनाएको जानकारी प्राप्त भएको छ ।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले जनयुद्ध दिवसको शुभकामना सन्देश दिनुभएको छ ।