आज टोकियो ओलम्पिक खेलको उद्घाटन हुँदै

नेपालचेक समचारदाता शुक्रबार, साउन ०८, २०७८

एजेन्सी । ग्रीष्मकालिन ३२औं ओलम्पिक खेलकुद प्रतियोगिताको आज उद्घाटन हुँदैछ । विश्व खेलकुद जगतको कुम्भमेलासमेत मानिने टोकियो ओलम्पिकको आज उद्घाटन हुन लागेको हो ।

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक खेल आजदेखि औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार आज दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापानको राजधानी टोकियो पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ । कोरोना संक्रमणको असर नपरोस् भन्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डमा निकै कडाइ गरिएको छ ।

कोरोना महामारीका कारण ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गत वर्ष पनि कोरोना जोखिमकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना सङ्क्रमणका कारण दर्शकको उपस्थिति बिना नै प्रतियोगिता हुने एनबिसी न्युजले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]