हुम्लामा खाद्यान्न पर्याप्त,नेता भन्दा नागरीकलाई प्रथामिकता प्रमुख अधिकारी

Nepal Chek सोमबार, फाल्गुण ०७, २०८०

सिमकोट । सधै खाद्यान्न अभाव झेलीरहेको हिमाली जिल्लामा हुम्लामा यो पटक भने पर्याप्तमा मात्रमा रहेको छ । कहिले ठेक्का सम्झौता ढिला हुँदा त कहिले ठेकेदार कम्पनीको ढुवानी लापारबाहीका कारण जिल्लावासीले खाद्यन्न अभाव झेली रहनु परेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीका अनुसार, आर्थिक वर्ष २०८०÷८१ लगि स्वीकृत भएको १४ हजार क्विन्टल चामल निरन्तर ढुवानी हुँदा खाद्यान्न अभाव हटेको बताउनुभयो ।

दैनिक दिन फिस्टेल हेलिकप्टरले चामल ढुवानी गरिरहँदा अभाव हटेको छ । लिमिटेड शाखा हुम्लामा रहेका दुई गोदाम मध्ये एक गोदाम भरिएको र अर्को गोदाम केही दिनमा भरिने अवस्थामा रहेको उहाँले बताउनुभयो । अहिले लिमिटेड शाखामा ६ हजार २ सय क्विन्टल चामल रहेको अधिकारीले बताउनुभयो । गोदाम नम्बर दुई भरिएर झण्डै ४४ सय क्विन्टल चामल रहेको लिमिटेड शाखा प्रमुख अधिकारीको भनाई छ । खाद्यान्न निरन्तर ढुवानी भइरहेका कारण वितरणमा समेत सहज भएको छ ।

खाद्यान्न पर्याप्त मात्रमा हुँदा फागुन १३ देखि सर्वसारधण,बजारवासी र कर्मचारीलाई दुई महिलाका दरले बिक्री तथा वितरण गरिने भएको छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई प्रत्येक हप्ताको शुक्रबार वितरण गरिरहेको उहाँले बताउनुभयो । गोदामा चामल पर्याप्त हुँदा घरमा चामल नभएर लिमिटेड शाखामा पुगेका हुम्ली नागरीकलाई एक कट्ठाका दरले बिक्री भइरहेको छ ।

जिल्लामा ढुवानी भइरहेको जिरा मसिनो चामलको एक बोराको रु २३७५ रुपैयाँ पर्ने गरेको छ । सरदमुकाममा रहेका सर्वसाधरण, बजारवासी र कर्मचारीलाई एक पटक बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्ट आवश्य पर्ने गरेको चालम पर्याप्त रहेको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

यस्तै लिमिटेड शाखाले राजनितीक दललाई भन्दा यहाँका सोझा नागरीकलाई बढी प्रथामिकता दिएर बिक्री गर्ने उहाँको भनाई छ । जिल्लास्थित विभिन्न राजनितीक दलका नेताले सधै चामलको लागि अग्रसर भएपनि अव दैनिक दिन शाखा कार्यालयको गोदाममा पुग्ने नागरीकलाई बिक्री, वितरण गरिने उहाँको भनाई थियो । नेताको चिटको भन्दा नागरीक आफै स्वयम् पुगेमा उनिहरुलाई वितरण गर्ने गरिरहेको बताउनुभयो ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]