सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोरख लामाले खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ । दुई सय पन्ध्र घरधुरी रहेको वडा १ मा एक सय घरधुरीलाई पाँच केजी आटो, पाँच केजी नुन र एक लिटर (दुई प्याकेट) तेल सहयोग गर्नु भएको छ ।
वडाध्यक्ष लामा आफु निर्वाचीत भएदेखि अहिलेसम्म बिस महिनाको पारिश्रम सरकारबाट आएको सेवा सुविधा बापतको रकमले वडावासीलाई खाद्यान्न सहयोग गर्नुभएको हो । वडाबासीको दुःख बुजेर बिस महिनाको पारिश्रम बापतको रकमले खाद्यान्न गर्नुभएको हो ।
बिस महिनाको रु चार लाख पचास हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको वडाध्यक्ष लामाले बताउनुभयो । वडा १ मा तीन वस्ति भएकाले प्रत्येक वस्तिका अति विपन्न १५ घरधुरीलाई एक–एक बोरा चामल समेत सहयोग गरेको बताउनुभयो । ठेहे गाउँका पाँच, बैजीबाडा गाउँका पाँच र दोजाम गाउँका पाँच विपन्न घरधुरीलाई चामल समेत सहयोग गरेको उहाँको भनाई छ ।
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाबाट खरिद गरी ढुवानी अनुदानमा चामल गाउँमै पुर्याएको उहाँले बताउनुभयो । सदरमुकाम सिमकोटदेखि ठेहे–दोजामसम्म एक बोरा चामलको ढुवानी रु एक सय पचास रुपैयाँ लाग्छ, त्यो सबै ढुवानी भाडा वडाध्यक्ष लामा आफुले तिरेको बताउनुभयो ।
वडा १ मा ठेहे गाउँमा एक सय घरधुरी रहेका छन् भने दोजाम र बैजीबाडा गाउँमा एक सय पन्ध्र घरधुरी रहेका छन् । दोजाम बैजीबाडा गाउँका घरधुरीलाई आइतबार सहयोग वितरण गरिने भएको वडाध्यक्ष लामाले बताउनुभयो । आफ्नो वडामा रहेका प्रत्येक घरधुरीलाई वितरण गर्ने भएको वडाध्यक्ष लामाले बताउनुभयो ।
खाद्यान्न अभाव भएको समय गाउँमै पुगेर राहत वितरण गर्दा स्थानीय खुसि भएका थिए भने वडाध्यक्ष लामालाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको स्थानीय रंग भण्डारीले बताउनुभयो ।
दुई विरामीको निःशुल्क उद्धार
यस्तै वडाध्यक्ष लामाले दोजाम गाउँका विरामी हर्क बहादुर लामालाई गाउँदेखि सदरमुकाम सिमकोटसम्म व्यक्तिगत खर्चमा उद्धार गरेको बताउनुभयो । दोजामदेखि सिमकोटसम्म लाग्ने गाडी भाडा रु १२ हजार आफैले दिएको बताउनुभयो । विरामी हर्कलाई दोजामदेखि सिमकोटसम्म लाग्ने गाडी भाडा दिएको बताउनुभयो । यस्तै ठेहे गाउँमा लाग्ने चैतलो मेलामा ढुंगाको छेलो(सटपुट) हान्ने क्रममा घाइते भएका साउने भण्डारीलाई समेत उद्धार गरेको बताउनुभयो । ढुंगाको छेलो लागेर घाइते भएका भण्डारीलाई गाउँदेखि सदरमुकामसम्म उद्धार गर्नुका साथै सिमकोट देखि नेपालगञ्जसम्मको जहाज भाडा समेत आफुले तिरेको बताउनुभयो । सिमकोटदेखि नेपालगञ्जसम्म जहाजको टिकट भाडा रु नौ हजार रुपैयाँ लाग्छ ।