थाली गाउँमा अज्ञात रोगले पशुवस्तु विरामी पर्नुका साथै मर्न थाले

Nepal Chek शुक्रबार, चैत्र ०२, २०८०

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँमा तीन दिनदेखि अज्ञात रोग फैलिनुका साथै पशुवस्त मर्न थालेका छन् । अचानक पशुवस्तु सुनिने, घाँस नखाने, ¥याल छोड्ने जस्ता रोगका लक्षणले थालि गाउँका पशुवस्तु थला परेका छन् ।

थाली गाउँका स्थानीय काले रावलको दुई वटा पशु मर्नुका साथै गाउँका अन्य १५ देखि २० पशुवस्तुमा यस्तो खालको रोग देखिनुका साथै विरामी पर्ने गरेको पशु प्राविधिक हरि बहादुर रावलले बताउनुभयो । वडा नम्बर दुईको थालि, सेरिडिला लगायतका गाउँमा यो रोग फैलिएको हो । गाउँपालिकाको पशु शाखामा औषधिका लागि गएपनि रोगको पहिचान नहुँदा समस्या भएको प्राविधिक रावलको भनाई थियो । गाउँपालिका पशु शाखामा औषधि समेत अभाव रहेको उहाँले बताउनुभयो । रावल वडा–२ थाली गाउँका पशु प्राविधिक हुन् ।

गाउँपालिका पशु शाखाका प्रमुख समिर लुंगेली मगरका अनुसार, गत वर्ष पनि पहिलो पटक फागुन ११ गते खार्पुनाथ गाउँपालिकामा यस्तै रोग देखिएर पशुवस्तु मर्न थालेपछि आफुले लम्पी स्कीन रोग भएको पुष्टि गरेको बताउनुभयो । भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयमा रोगको लक्षण लिइ गएर लम्पी स्कीन रोग पुष्टि भएको उहाँले बताउनुभयो । यो वर्ष पनि लम्पी स्कीन रोग नै भन्ने आशंका भएको पशु शाखा प्रमुख मगरको भनाई थियो । आफु जिल्ला बाहिर रहेकाले केही दिनमा हुम्ला पुग्ने र कुन रोग हो भन्ने जानकारी हुने उहाँको भनाई थियो ।

गत वर्ष नै पशुवस्तुमा यो रोग महामारीका रुपमा फैलिएकाले बजेटको समेत गाउँपालिकाले छुट्याउनुका साथै व्यवस्था गरेको उहाँको भनाई थियो । आफुले पशुवस्तुमा देखिने विभिन्न रोगको औषधि खरिद गरेको बताउनुभयो । तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने मगरले बताउनुभयो । हुम्ला आउने तयारी गरेका पशु शाखा प्रमुख नेपालगञ्जमा टिकट नपाएर बसेको बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]