सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा–७ का वडाध्यक्ष बलविर शाहीले आर्थिक सहयोग गर्नुभएको छ । दुई वर्षअघि घरको छतबाट लडेर घाइते भइ उपचार अभावमा खुट्टा अपांग भएकी वडा नम्बर ७ डाडाफया गाउँकी माया विकलाई व्यक्तिगत रु २५ हजार नगद सहित एक जोर न्यानो कपडा सहयोग गर्नुको हो । उपचार गर्न काठमाण्डौ जानको लागि सदरमुकाम सिमकोट पुगेकी विकलाई आफ्नो वडा कार्यालयमा आइतबार आमा लालसरा विक र बुवा बल्जित कामीको रावहरमा आर्थिक सहयोग हस्तान्तर गर्नुभएको हो । विकको घरको अवस्था दयनीय देखेर उक्त रकम सहयोग गरेको वडाध्यक्ष शाहीले बताउनुभयो । उपचार गर्न विकलाई हुम्लादेखि काठमाण्डौसम्म पुग्ने हजाज भाडा र खानाबस्न पुग्ने गरी आर्थिक सहयोग गरेको बताउनुभयो ।
शुक्रबार डाडाफया स्वास्थ्य चौकीका प्रमुख सन्तोष बोहराले सहयोगका लागि अपिल गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । विकको खुट्टाको उपचार बनेपा स्थित अपांग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्रमा हुने भएपछि हुम्लादेखि काठमाण्डौसम्म लाग्ने खर्च स्वरुप उक्त रकम वडाध्यक्ष शाहीले सहयोग भएको हो । बालिकाको उपचारमा पछि आर्थिक समस्या आएको खण्डमा आफ्नो नेतृत्वमा सहयोग अभिायन नै चलाउने शाहीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । विकलाई मात्रै नभएर आफ्नो वडाभित्र रहेका दुखि, गरीब, दलित आर्थिक विपन्नलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै विकको उपचारका लागि सिमकोट गाउँपालिका रु २५ हजार आर्थिक सहयोग गरेको डाडाफया स्वास्थ्य चौकीका प्रमुख सन्तोष बोहराले बताउनुभयो । हुम्लाबाट अहिलेसम्म नगद रु ५५ हजार आर्थिक सहयोग उठेको प्रमुख बोहराले बताउनुभयो । नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यय लगायतको सामाजिक अभियन्ता टोली बालिका सहित उनका कुरुवा जानेलाई खानबस्न निशुल्क व्यवस्था गर्ने भएको छ । भने बालिकाको खुट्टाको उपचार पनि निशुल्क हुने भएको छ । अझै ती बालिकाको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वास्थ्यकर्मी बोहराले आग्रह गर्नुभएको छ ।