सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०।८१ का लालि साउन महिनादेखि पुस महिलासम्म पालिका भित्र रहेका स्वास्थ्य संस्थाले सम्पादन गरेका गतिविधिको समिक्षा भएको थियो ।
६ महिनासम्म आठ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुले आ आफ्नो कार्य विवरण प्रस्तुत गर्नु भएको थियो । चारवटा स्वास्थ्यचौकी, सामुदायि स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखले आ आफ्नो विवरण राखेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार ६ महिनाको आफ्नो कार्य प्रगति प्रस्तुत गरेको बताउनुभयो ।
सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य एकाई र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरी १२ वटा स्वास्थ्य संस्था रहेका छन् । प्रस्तुतिमा स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, भौतिक अवस्था, जनशक्ति, उपकरण लगायतका विषयमा उनिहरुले प्रस्तुती राखेको प्रमुख भण्डारीले बताउनुभयो ।
सबै जसो स्वास्थ्य संस्थाका प्रमुखले आ आफ्नो संस्थामा घेरबार, पानी, महिला पुरुष शौचालय, बेन्च, हेडलाई लगायतको अभाव भएको समस्या प्रतिवेदनमा प्रस्तुत गरेका थिए । यस्तै अधिकांस स्वास्थ्य संस्थाका भवन आफ्नै स्वामित्वमा नरहेको उल्लेख गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको समिक्षा गोष्ठी कार्यक्रम सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले समापन गर्नु भएको थियो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकिय अधिकृत शुवास आले, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह, वडा–८ का वडाध्यक्ष कमल बुढा, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, चारवटा स्वास्थ्य चौकीका प्रमुख, आभारभूत स्वास्थ्य इकाईका प्रमुख, सामुदायिक इकाई केन्द्रका प्रमुख लगायत सञ्चारकर्मीको सहभागीता रहेको थियो ।