सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ४ को हिल्दुम गाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे विद्यालय भवन उद्घाटन बुधबार उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बालविकास आधारभूत विद्यालयमा निर्माण सम्पन्न भइ पठनपाठन सञ्चालनमा ल्याउनका लागि दुई कोठे भवनको आज उद्घाटन गर्नुभएको हो ।
शैक्षिक सुधार कार्यक्रमको बजेट रु ३२ लाख ४७ हजार १९ रुपैयाँ र ११ पैसामा भवनको निर्माण भएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष लोकराज शाहीले बताउनुभयो । रु ४ लाख ९७ हजार १९ रुपैयाँ ११ पैसा जनश्रमदान रहेको उहाँले बताउनुभयो । सम्झौता भएको एक वर्षपछि नयाँ भवन निर्माण सम्पन्न गरी आज उद्घाटन गरेर पठनपाठन सञ्चालन हुने भएको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष शाहीले बताउनुभयो । विद्यालयको पुरानो भवन जिर्ण रहेकाले नयाँ भवनबाट पठनपाठन हुने भएको छ ।
निर्माण समितीका अध्यक्ष छक्क शाहीले उद्घाटन कार्यक्रममा काठ, ढुंगा, सिमेन्ट, बालुवा, सरिया, किला कब्जा लगायतमा भएको खर्चको विवरण सुनाउनु भएको थियो ।
स्थानीयले जग्गा सहयोग गर्नुभयो, अन्य विभिन्न निकायले भवनका लागि बजेट सहयोग गर्नुका सबै निकायलाई सोही विद्यालयका प्रधानध्यापक जयदेवी शाहीले धन्यवाद समेत दिनुभयो । आगामी दिनमा समेत विद्यालयको शैक्षिक गुणस्तरका लागि सहयोगको अपेक्षा राखेको प्रधानध्यापक शाहीले बताउनुभयो ।
भवन निर्माण गर्दा निकै समस्या झेल्नु परेपनि विद्यार्थी अनुसार विद्यालयमा भवन पुगेको विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष लोकराज शाहीले बताउनुभयो । अब विद्यालयमा खेलमैदानको आवश्यक रहेको शाहीको भनाई थियो ।
भवन निर्माणको अक्रममा अनुगमनमा पुग्दा स्थानीय विच विवाद भएपनि अहिले समधान भएको छ । विद्यालय संरचना शौचालय र खेल मैदानका लागि वडाले सक्दो सहयोग गर्ने र गाउँपालिकालाई समेत सहयोगको आग्रह गर्ने वडाध्यक्ष प्रताप लामाले बबताउनुभयो ।
बालविकास आधारभूत विद्यालयबाट अध्ययन गरेका विद्यार्थी अहिले ठुल ठुला तहमा पुगेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । बालबालिका विद्यालय पठाएर मात्रै हुँदैन, पठकन पाठन कस्तो भइरहेको छ भनेर अभिवाकले अनुगमन गर्नुपर्ने बताउनुभयो । यो विद्यालयमा महिला प्रधानध्यापक भएकाले हिल्दुम गाउँका नागरीक भाग्य भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
यस्तै सुस्वाले उक्त विद्यालयमा बाल लैंगिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गरि विद्यालयलाई आजै हस्तारण गरेको छ । रु १२ लाख ५१ हजार १ रुपैयाँ ८३ पैशामा शौचालय निर्माण गरी विद्यालयलाई हस्तारन्तरण गरिएको सुस्वाका राजु चौधरीले बताउनुभयो । आजै भएको विद्यालय भवन उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिका सुस्वाका प्रमुख धुर्ब बहादुर शाही, नेकपा माओवादी केन्द्र वाइसिएलका केन्द्रिय सदस्य लोकेन्द्र बहादुर शाही, सञ्चारकर्मी स्थानीय, विद्यार्थी लगायतको सहभागीता रहेको शिक्षीका कल्पना रोकायाले बताउनुभयो ।