बाटो अवरुद्ध हुँदा विद्यालय जान विद्यार्थीलाई आवतजावतमा समस्या

Nepal Chek शुक्रबार, चैत्र ०९, २०८०

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा –४ मा रहेको हिल्दुम गाउँ र वडा नम्बर पाँचको विचमा पर्ने सिमा क्षत्रेमा रहेको खोलामा सडक निर्माण हुँदा बाटो बन्द भएपछि आवतजावतमा कठिनाई भएको छ ।

हिल्दुम गाउँका नागरिकलाई उक्त खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा आवतजावतमा समस्या बनाएको छ । सडक निर्माण हुँदा गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थीलाई बढी समस्या हुने गरेको स्थानीय छक्क बहादुर शाहीले बताउनुभयो । गाउँमा कक्षा पाँच सम्म मात्रै पठनपाठन हुने भएकाले कक्षा ६ देखि पढ्न सदरमुकाम आउने विद्यार्थीलाई विहान, बेलुकाको समयमा थप समस्या बनाएको शाहीले बताउनुभयो ।

बाटो भन्दा माथि सडक भएकाले बाटो पुरै पुरिदा आवतजावतमा समस्या भएको हो । गाउँबाट करिब १५ जना विद्यार्थी पढ्नका लागि सदरमुकाममा रहेको बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयमा दैनिक पुग्ने गर्दछन् । पुरानो बाटो पुरिदा पढ्न लागि विद्यालय पुग्न कठिनाई भएको विद्यार्थी मेग्या कामीले गुनासो गर्नुभयो ।

गाउँबाट विद्यालय पुग्न आधि घण्टा लाग्ने भएपनि बाटो नहुँदा बढी समय खर्चिनु परेको अर्का विद्यार्थी सपना शाहीले बताउनुभयो । स–साना बालबालिका र आफु जस्तै केटीलाई झन समस्या हुने गरेको विद्यार्थी शाहीले बताउनुभयो । उक्त खोलाको बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने गाउँका नागरीकलाई समेत समस्या बनाएको छ । यस्तै उक्त बाटो प्रयोग गरेर आउने बरगाउँ र माथिल्लो ठेहेका नागरीकलाई समेत समस्या हुने गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]