दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

Nepal Chek शनिबार, चैत्र १०, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा घट्नास्थलमै दुई जना मृतक सहित घाइतेको पहिचान खुलेको छ । वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको हो । भने ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताउनुभयो । शनिवार दिउँसो सु.प.प.००१ ज ११८३ नम्बरको बोलेरो जीप पाम्सको मोडमा दुर्घटना भएको हो । धुलाचौरबाट आउँदै गरेको गाडी उक्त स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार, सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडीको दुर्घटनास्थलमा मृत्युभएको हो । मृतक ऐडी र सुनार भारतमा काम गरेर घर फिर्ता हुँदै गर्दा घर पुग्न नपाउँदै दुर्घटना परी मृत्युभएको हो ।

दार्चुला घर भएका गाडी चालक जनक ठगुन्ना र गाडी साहु धन बहादुर महतारा सक्त घाइते भएका छन् । यस्तै बारिगाउँका ४५ वर्षिया राम बहादुर ऐडी, अदानचुली–५ कै ५७ वर्षका कुल टमटा पनि गाडी दुर्घटनामा परि सक्त घाइते भएका छन् । यसैगरी वडा –५ का बल बोहोरा र उहाँको श्रीमती चैती बोहोरा र वडा–५ कै खगेन्द्र टमटा सामान्य घाइते भएका छन् । चैती र उहाँका श्रीमान बलको ढाडमा रहेको छ भने खगेन्द्रको खुट्टामा चोट लागेको ।

चालक ठगुन्ना र साहु महतारा दुवै जनाको टाउको,ढाड लगायत शरिरका विभिन्न भागमा चोट लागेको रेडियो श्रीनगरका स्टेशन म्यानेजर तथा पत्रकार काली बहादुर थापाले बताउनुभयो । घाइतेको अदानचुली गाउँपालिकाको एम्बुलेन्सबाट उद्धार गरि श्रीनगर स्वास्थ्यचौकीमा अहिले प्रथामिक उपचार भइरहेको पत्रकार थापाले बताउनुभयो । चालक र साहु गम्भीर घाइते भएर बोल्न नसक्ने अवस्थामा रहेका छन् ।

घाइतेलाई थप उपचारका हेलिकप्टरमार्फत जिल्ला बाहिर लिनका लागि पहल भइरहेको उहाँले बताउनुभयो । दुर्घटनास्थलमा मोड भएकाले गाडी दुर्घटना भएर तीस मिटर तल खसेको छ । गाडीमा सामान धेरै लोड बढी भएकाले दुर्घटना भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]