दशौं अधिवेशनको लोगो सार्वजनिक गर्दै एमाले हुम्लाद्धारा पत्रकार सम्मेलन

दाने बोहरा बिहिबार, चैत्र १५, २०८०

सिमकोट । नेकपा एमाले जिल्ला कमिटी हुम्लाले यही चैत २८ र २९ गते हुने दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगो सार्वजनिक गर्दै आफ्ना विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

दशौं जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा सदरमुकाम सिमकोटको सुन्दर दृश्य, लोपोन्मुख हुम्लामा पाइने चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिन्ह अंकित रहेको लोगो सार्वजनिक गरिएको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताउनुभयो । यस्तै आजै भएको पत्रकार सम्मेलनमा दशौं जिल्ला अधिवेशनका लागि ४४ वटा वडा मध्ये ४३ वडाबाट एक सय ५७ जना प्रतिनिधिको सभागीता हुने भएको छ । यस्तै महिला ४२, पुरुष ९२, दलित २१ जना प्रतिनिधि छनोट हुनुका साथै १५ प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व रहेको भएको सचिव बोहराले बताउनुभयो ।

साथै आयोजक कमिटी ९८ जना गरी २ सय ७६ जनाको प्रतिनिधि रहने भएका छन् । भने जनवर्गिय संगठनको हकमा २२ जनाको प्रतिनिधित्व रहने भएको छ । फागुन २८ गते पार्टीको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा सञ्चालन भएको नवौं जिल्ला कमिटी बैठकले दशौं अधिवेशनको मिती, स्थान, चैत १६ गते ४४ वटा वडामा प्रतिनिधि छनोट लगायतका निर्णय कार्यबाहक अध्यक्ष डबल रावतले सार्वजनिक गर्नुभयो ।

अधिवेशन प्रतिनिधिका लागि दलित पार्टी सदस्यका हकमा २५ जना बराबर एक जना र अन्यको हकमा ३० जना पार्टी सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने निर्णय गरेको कार्यबाहक अध्यक्ष रावतले बताउनुभयो । जम्मा सदस्य संख्याको ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा (४० वर्ष मुनिका) प्रतिनिधि अनिवार्य छनोट गर्नुपर्ने रावतले बताउनुभयो । जनसङ्गठनका हकमा जिल्ला अधिवेशन भएकाबाट दुई जना र नभएकाबाट एक जना प्रतिनिधि पठाउनु पर्नेछ ।

त्यसैगरी बैठकले कावा अध्यक्ष डबल रावतको अध्यक्षतामा १ सय ५१ सदस्यीय अधिवेशन मूल आयोजक कमिटी गठन गरेको छ । भने १० वटा अधिवेशन उपसमिति गठन गरेको छ । जसमा जिल्ला अधिवेशन सफल पार्न अमर बहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी, डबल रावतको संयोजकत्वमा पाँच पाँच सदस्यीय सांगठानिक तथा राजनितीक प्रतिवेदन लेखन उपसमिति र प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको हो । यस्तै तीर्थराज बोहराको संयोजकत्वमा ६ सदस्यीय प्रचार प्रसार उपसमिति, चन्द्र प्रकाश ढकालको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति,बिमला शाहीको संयोजकत्वमा पाँच सदस्यीय अथिति सत्कार उपसमिति र छक्क रोकायाको संयोजकत्वमा ६ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन भएको छ । भने प्रकाश बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय सामाजिक तथा सांस्कृतिक उपसमिति, बुध भण्डारीको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन, गोरासिंह बोहराको संयोजकत्वमा ७ सदस्यीय आवास तथा खाद्यान्न, गोकुल बुढाको संयोजकत्वमा ३ सदस्यीय यातायात व्यवस्थापन र केन्द्रराज शाहीको संयोजकत्वमा ६ सदस्य स्वयम सेवक परिचालन उपसमिति गठन भएको कार्यबाहक अधयक्ष रावतले बताउनुभयो ।

आजै भएको पत्रकार सम्मेलनमा जिल्ला पार्टी उपाध्यक्ष बिमला शाही, प्रकाश बहादुर शाही लगायतका जिल्ला कमिटीका पदाधिकारीको सहभागीता रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]