माइक्रोस्कपिक स्क्रीनिङ शिविरमा ६८ जेष्ठनागरीकको उपचार

Nepal Chek शुक्रबार, चैत्र १६, २०८०

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयाँ स्वास्थ्यचौकीबाट जेष्ठनागरीकका लागि सामान्य स्वास्थ्य शिविर तथा क्षयरोग सम्बन्धि माइक्रोस्कपिक स्क्रीनिङ शिविर सेवा सम्पन्न भएको छ ।

शुक्रबार डाडाफया स्वास्थ्यचौकीमा विरामी जाच्ने यन्त्र उपकरण डाक्टरलाई हस्तान्तरण गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध)ले शिविरको उद्घटान गर्नुभएको स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । पालिका भित्र रहेका ४,५ र ६ वडा बाहेक अन्य सबै वडाका स्वास्थ्यचौकीबाट यो सेवा सञ्चालन हुने भएको संयोजक भण्डारीले बताउनुभयो ।

आजै भएको उक्त शिविरमा डाडाफया स्वास्थ्यचौकीबाट ६० वर्ष माथिका ६८ जनाले सेवा लिएका छन् । माइक्रोस्कपिक स्क्रीनिङ शिविरमा सेवा लिने पुरुष ३५ जना र महिला ३३ जना रहेको उहाँले बताउनुभयो । शिविरमा क्षयरोगका आशंका गरिएका ८ जना शंकास्पदको समेत उपचार गरिएको छ । भने अन्य जेष्ठ नागरीकको सामान्य जनरल सेवा दिइएको छ ।

यस्तै दुधमा पिलो भएका एक जना महिलालाई उक्त शिविरमा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल सिमकोटमा रिफर गरिएको संयोजक भण्डारीले बताउनुभयो । शिविर डाडाफयाँ स्वास्थ्यचौकीमा सम्पन्न भएसँगै शिविर टोली साँता लागेको छ । यस्तै स्याडा, चौगनफया स्वास्थ्यचौकीबाट जेष्ठ नागरीकको उपचार गरिने भएको छ ।

जिल्ला अस्पताल हुम्लाका डाक्टर छक्क थापाको नेतृत्वमा ल्यापटेक्निसियन बलीराज भण्डारी, गाउँपालिका अनमी मनमाया वली लगायतका स्वास्थ्यकर्मीको टोली शिविरमा परिचालित भएका छन् । आजै भएको उक्त सेवा सञ्चालन उद्घाटन तथा शिविर कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर, ल्याब टेक्निसियन लगायतको टोलीको सहभागीता रहेको थियो । यो सेवा सुचारु भएसँगै जेष्ठ नागरीक लगायत विरामीलाई उपचारमा सहज हुने भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]