सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका –३ राया लगायत यस क्षेत्रका किसानलाई चैत महिनाको कामको चटारो सँगै वनमा गुच्ची च्याउ टिप्नमा भ्याइनभ्याई छ । खेतबारीमा खनजोतको काम सकाएर गुच्ची च्याउ टिप्न जाने स्थानीयको लस्करनै देखिने गरेको छ । राया, थाली गाउँका लगायत अधिकांश किसानलाई खेतबारीको काम सकायर वनमा गएर गुच्ची च्याउ टिप्न व्यस्त देखिएका छन् ।
फागुन देखि जेठ महिनाको अन्तिम सम्म गच्ची ुच्याउ पाईने गर्दछ । गाउँ भन्दा टाढा रहेका वनमा च्याउ टिप्नका लागि यहाँका स्थानीवासी विहानै घरबाट निस्केर साँझ मात्रै फिर्ता हुने गर्दछन् । घरबाट बिहानै निस्केर दिउसोको नास्ताको लागि कोदो, फापरको रोटि, गहै,भटामास,घोगा भुटेको खाजा र पानीको भाँडासहित बन्दोबस्ती मिलमएर जंगलमा गुच्ची च्याउ खेज्न जाने गरेको स्थानीय अनमोल बुढाले बताउनुभयो ।
गुच्ची च्याउ संकलन गरेर केही महिनाको लागि आफ्नो घर खर्च चल्दै आएको खार्पुनाथ गाँउपाली वडा ३ रायाका २६ वर्षीया रमेश भण्डारीले बताउनुभयो । स्थानीय भण्डारीका अनुसार, आफू मात्र नभएर अधिकांश हुम्लाका किसानहरु यतिबेला गुच्ची च्याउ संकलनका लाथिग जंगल तिर जाने गरेका छन् । गुच्ची च्याउलाई राम्रो सँग संकलन गरेर सुकाएर बेच्ने हो भने तुरुन्तै नगद आउने राम्रो आम्दानीको श्रोत हुने भएको भण्डारीले बताउनुभयो ।
फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित आकासमा आउने चट्याङ्ग र गड्याङ गुडुङको आवाजले मात्र उम्रने जनविश्वास रहि आएको छ । त्यसैले हुम्लामा यो च्याउलाई टोप्ले च्याउको नामले चिन्ने गर्दछन् ।
यो च्याउ हुम्ला जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड,चंखेली,अदानचुली र ताजाँकोट लगायतका गाँउपालीको वनमा अत्यधिक पाईने गर्दछ । गुच्ची च्याउ भीर पाखासहित समथर वनमा पाईन्छ । पहिले वनमा जाने गोठालाले तरकारीको लागि ल्याउने च्याउ हाल व्यापारीले खरीद गर्न थालेपछि यसको संकलन गर्न स्थानीयहरु वनमा जाने गरेको पाइन्छ ।
हाल च्याउ संकलनका लागि महिला, पुरुष र वृद्धदेखि बालबालिकासम्म वनमा जाने क्रम बढिरहेको छ । हरेक वर्ष प्रत्येक घरधुरीले एकदेखि दश केजीसम्म च्याउ संकलन गर्ने गरेका छन् । अहिले गुच्ची च्याउ संकलनका लागि विद्यार्थीहरु पनि वनतिर जाने गरेको पाइएको छ ।