कैलाश माध्यामिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

Nepal Chek बुधबार, चैत्र २१, २०८०

सिमकोट । हुम्लामा लामो समयदेखि शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल संस्थाले स्टेशनरीका सामग्री सहयोग गरेको छ ।

सिमकोट गाउँपालिका–७ सामा रहेको कैशाल माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कापी,कलम, पेन्सील, इलेजर निशुल्क वितरण गरेको हो । कैलाश माध्यामिक विद्यालयलाई सात सय थान स्टेशनरीका सामग्री आधार विकास नेपालले सहयोग गरेको छ । स्टेशनरीका सामग्री लिएर सोही संस्थामा कार्यरत कर्मचारी धनबहादुर शाही विद्यालयमा पुगेर वितरण गर्नुभएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मन्दिर सिंहले बताउनुभयो ।

उक्त स्टेशनरीका सामग्री बालविकासदेखि कक्षा दशसम्म अध्ययन गर्ने छात्रछात्रालाई वितरण गरिएको सिंहले जानकारी दिनुभयो । उक्त विद्यालयमा अध्ययनरत दुई सय पैसठी जना प्रति छात्रछात्रालाई दुई दुईका दरले ती सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । बाँकी रहेका सामग्री आउँदो शुक्रबारका दिन विद्यालय अतिरिक्त क्रियाकलापमा वितरण गरिने भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सिंहले बताउनुभयो ।

यस्तै आधार विकास नेपाल संस्थाले विद्यार्थीको सरसफाईका लागि पचास चक्की हातमुख धुने सावुन समेत सहयोग गरेको जानकारी प्राप्त भएको छ । खाजा खाने समयमा कैलाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले उक्त सावुन प्रयोग गर्ने भएका छन् । भने विद्यालयमा १९ जना शिक्षक कर्मचारीले विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् ।

सहयोग सामग्रीले यस विद्यालयमा अध्ययन गर्दै आएका गरिव, विपन्न र दलितका विद्यार्थीलाई ठुलो राहत भएको भन्दै स्थानीयले आधार विकास नेपाल संस्थालाई धन्यवाद समेत दिएको सिंहको भनाई छ ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]