हुम्ला पुगेका अटो रिक्सा चलाउन असहज हुने भएपछि फिर्ता हुँदै

Nepal Chek बिहिबार, चैत्र २२, २०८०

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा सञ्चालन गर्नका लागि पुगेका अटो रिक्सा फिर्ता हुने भएका छन् ।

नेपालगञ्जको कोहलपुर नगरपालिका घर भएका तीन जना युवा राम्रो कमाई होला भनेर हुम्ला पुगेपनि तीन पाङग्रे रिक्सा सञ्चालनका लागि सडक राम्रो नहुँदा फिर्ता हुन लागेका हुन् । कोहलपुरबाट चारदिन लगाएर बिहिबार ताँजकोट पुगेपनि यहाँको सडकमा रिक्सा चलाउन जोखिम भएकाले फिर्ता हुन लागेको कोहलपुर नगरपालिका–२ घर भएका पतिराम थारुले बताउनुभयो ।

अटो रिक्सा चालक थारुले भन्नुभयो, “सडक राम्रो होला भनेर चारदिन लगाएर यहाँ पुगेपनि तीन पाङग्रेका लागि जोखिम छ ।” बरु चार पाङग्रे गाडीहरुका लागि सहज र राम्रो रहेछ । हामीले चलाउने अटो रिक्साका लागि चालक र यात्रु दुबैका लागि जोखिम छ । यहाँको सडक पिच भएको छैन् ।” यस्तो अप्ठ्यरो सडकमा अटो चलाउँदै गर्दा भोली कुनै दिन तलमाथि भयो जिम्मेवार को हुन्छ । त्यहीँ कारण एक दुई दिन बसेर हामी तीनै जना फिर्ता हुन लागेका हौं उहाँले भन्नुभयो । ” कोहलपुरबाट अटो रिक्सा ल्याएर मतिराम थारु, मेन थारु र सोमकुमार थारु तीन जना बिहिर विहान हुम्लाको ताँजकोट पुगेका छन् ।

हुम्लाको सडक उकालो ओरालो र अप्ठ्येरो धेरै भएकाले ज्यान जोखिममा पारेर चलाउँनु भन्दा फिर्ता हुने तयारी भएको थारुले बताउनुभयो । तराईमा पाँच जनासम्म यात्रुलाई अटो रिक्लाले तान्न सक्ने भएपनि हुम्लामा तीन जना पनि तान्न नसक्ने अवस्थाको सडक हुँदा फिर्ता हुने लागेको थारुले बताउनुभयो । उहाँले भन्नुभयो, आफ्नो पनि कमाई हुने यहाँका नागरीकलाई पनि सेवा दिने हेतुले कठिन यात्राका बाबजुत पुगेपनि अटो रिक्सा चलाउन सहज नभएको देखिन्छ । बिहिबार पुगेपनि शनिबारसम्म कोहलपुर फिर्ता भइसक्ने बताउनुभयो । यहाँको सडकको स्तरउन्नती भएपछि आफुहरु पुन आउने उहाँले बताउनुभयो । बिहिबार साँझ गाउँपालिका जनप्रतिनिधिसँग छलफल गरेर फिर्ता हुने उहाँले बताउनुभयो ।

नेपालगञ्जदेखि हुम्ला पुग्न तीन जनालाई चार दिनमा तीस हजार बढी खर्च भएको बताउनुभयो । एक अटो रिक्सालाई कोहलपुरदेखि हुम्ला पुग्न ३५ लिटर तेल खर्च भएको अर्का मेन थारुले बताउनुभयो । एक अटो रिक्सालाई तेल खर्च झण्डै रु ६ हजार लागेको थारुले बताउनुभयो । यस्तै बाटोमा खानाको रु दुई सय देखि तीन सयसम्म तिर्दै आएको बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]