नुन पाउन पनि नागरिकता

Nepal Chek सोमबार, चैत्र २६, २०८०

सिमकोट । हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरीकले नागरिकता पेश गर्दा १० पोका (केजी) नुन पाउँदै आएका छन् ।

सिमकोटमा साल्ट ट्रेडिङ कप्रोरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरीकलाई १० केजीका दरले नुन वितरण गर्दै आएको छ । उनीहरुलाई नागरिकताको आधारमा १० केजी नुन वितरण गर्दै आएको साल्ट ट्रेडिङ कप्रोरेशन शाखा कार्यालय शाखा हुम्लाका प्रमुख राज बहादुर लामाले बताउनुभयो । एक जना नागरीकले १० केजी नुनको रु ९० रुपैयाँ तिर्दै आएका छन् । एक केजी नुनको नौ रुपैयाँ मूल्यमा विक्री हुँदै आएको छ । एक बोरामा पचास प्याकेट नुन हुन्छ । त्यसको मूल्य रु चार सय ५० रुपैयाँमा विक्री हुँदै आएको प्रमुख लामाले बताउनुभयो ।

हरेक हप्ताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेश गर्दा एक जना व्यक्तिलाई १० केजीका दरले वितरण गर्दै आएको साल्ट ट्रेडिङ कप्रोरेशन शाखा कार्यालय सिमकोटका प्रमुख लामाले बताउनुभयो । सदरमुकाम सिमकोटमा तीन पालिका सहित जिल्लाभरका नागरिक बसोबास गदै आएको हुनाले वार्षिक कोटाको नपुग हुने देखिएपछि नागरिकताको आधारमा १० केजी वितरण गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार, आर्थिक वर्ष २०८०÷०८१ का लागि जिल्लामा १५ सय क्विन्टल नुन आइपुगेको बताउनुभयो । जिल्लामा आइपुगेको नुन सदरमुकाममा नागरिकताको आधारमा दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकालाई सम्बन्धित जनप्रतिनिधिको जिम्वा दिएर वडालाई दिएर वितरण गरिएको प्रमुख लामाले बताउनुभयो । झण्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका चारवटा पालिकाका नागरीकलाई नुन वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै चंखेली गाउँपालिका ३ सय ८७, सर्केगाडमा ४ सय ८५, अदानचुलीमा ४ सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण गरिएको छ ।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको उहाँले बताउनुभयो । चंखेली गाउँपालिकाको वडा नम्बर पाँचमा रहेको नेप्का र उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ६ मा रहेको लिमीमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको प्रमुख लामाले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहमा रहेका वडाहरुमा ढिके नुनको प्रयोगमा कमी हुँदै आएको छ । तर जिल्लाका दुई पालिकामा रहेका दुई वडाका स्थानीयले यो नुनको प्रयोग गर्दै आएको पाइएको उहाँले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]