सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जना पुरुषको आगलागीमा परेर मृत्युभएको छ ।
गाउँभन्दा २ घण्टाको दुरी टाढामा रहेको कुरिल्ला लेखमा रहेको आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षिय हर्के ऐडीको बुधबार राती आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताउनुभयो । रातीको समय हावाहुरी चलेर ऐडी तापि रहेको आगो हावाले उडाएर फिजारेपछि भेडीगोठमा आगलागी भएको आगोमा परेर मृत्युभएको निरिक्षक चन्दले बताउनुभयो । ऐडी अनय दिन विहान गएर दिनभर भेडा वनमा चराएर घर फिर्ता हुने गरेपनि त्यो दिन भेडीगोठमा बास बस्दा आगलागीमा परेर मृत्युभएको हो । आफैले तापेको आगो हावाहुरीले फिजाएपछि नियन्त्रणमा लिन नसक्दा मृत्युभएको हो । रादेउ गाउँबाट कुरील्ला लेख पुग्न दुई घण्टा समय लाग्ने गर्दछ ।
ऐडीको आगलागीमा परेर मृत्युभएको जानकारी आउनसाथ सर्किदेउ प्रहरीचौकी ८ घण्टाको पैदल हिडेर राती नै घट्नास्थलामा पुगेर मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्वा लगाइएको निरीक्षक चन्दले बताउनुभयो ।
यस्तै भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उहाँले बताउनुभयो । १ सय २० भेडा रहेकोमा ६० भेडा पनि आगलागीमा परेर मरेका छन् । भेडीगोठ नै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।