हुम्लीका लागि २०८० दुःखत विभिन्न कारणले २० जनाले ज्यान गुमाए

Nepal Chek शुक्रबार, चैत्र ३०, २०८०

सिमकोट । २०८० सालको बैशाख महिना सुरु भएसँगै हुम्लीका लागि निकै कष्टकर दुखदायी वर्ष बन्यो । एक वर्षको अवधिमा विभिन्न कारणले २० जनाले ज्यान गुमाएका छन् । आत्महत्या, ढुंगा खसेर, विस सेवन, भिरबाट लडेर र विभिन्न समयमा गाडी दुर्घटनामा परी २० जनाको ज्यान गएको थियो ।

यस्तो छ २०८० साल वैशाख महिना विष सेवन गर्दा सिमकोट गाउँपालिका –७ का सोविका शाहीले ज्यान गुमाउनु भएको थियो ।

जेष्ठ २२ गते हुम्लाको अदानचुली गाउँपाकालिका– १ मा भीरबाट लडेर कल्खे गाउँका २४ वर्षीय युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुुख फर्कने क्रममा भीरबाट लडेर मृत्युु भएको थियो । जेष्ठ २८ गते वनमा बाख्रा चराउन गएको समयमा माथिबाट ढुङ्गा खस्दा सर्केगाड गाउँपालिका वडा नम्बर ८ राहदेव गाउँका दश वर्षका भुपेन्द्र रोकायाको मृत्युभएको थियो । भने स्थानमा ढुङ्गा खस्दा ११ वर्षका खनिल ऐडीको दाहिने हात समेत भाँचिएको थियो ।

असार २५ गते हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –५ स्थित नारा लेखमा अन्दाजी ५६ वयर्षीय एक जना परिचय नभएका पुरुषको वेवारिसे अवस्थामा लाश भेटिएको थियो ।

साउन २९ गते छिमेकी मुगु जिल्लाको सोरु गाउँपालिकामा–७ चिप्लेडाडा(सिप)मा भएको जीप दुर्घटनामा परी ज्यान हुम्लाका चारजनाले ज्यान गुमाउनु परेको थियो ।

साउन ३० गतेका दिन सर्केगाड गाउँपालिका –५ को भुवाँ गाउँमा पशु चराउन गएका ६२ वर्षका मानसिंह सार्कीको वनमा पशु चराउन गएको बेला दिउँसो १ बजेको समयमा झरो टिप्ने क्रममा सेलपंसा भीरमा चिप्लेर खस्दा घटना स्थलमै मृत्यु भएको थियो । सोही दिन गाईवस्तु चरिचराउका लागि खर्क लगिने समयमा अदानचुली र ताँजाकोटको बिच भागमा पर्ने पानलोटी खर्कमा घाँस काट्ने क्रममा ताँजकोट गाउँपालिका–४ का २० बर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्युभएको थियो ।

भदौ ६ गते सिमकोट गाउँपालिका–७ डाडाँफया गाउँमा अन्दाजी २९ वर्षीय मनविर विकले आफ्नै गोठभित्र झुण्डिएर आत्महत्या गर्नुभएको थियो ।

असोज महिनामा खार्पुनाथ गाउँपालिका–२ थाली घर भई नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध माध्यामिक विद्यालय याल्वाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजता रावल बेपत्ता भएकी थिइन । भने बेपत्ता भएको केही दिनपछि मृत फेला परेकी थिइन । यस्तै सर्केगाड गाउँपालिका –२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका थिए । यस्तै सर्केगाड गाउँपालिका वडा नम्बर ५ डाँडा सायाँ घर भएका अन्दाजी ४० बर्षीय कमल शाही आफ्नै घरको गोरु थुन्ने गोठमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएका थिए ।

यस्तै मंसिर महिनामा घरबाट वेपत्ता भएको चारदिनपछि हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ३ उनापानी गाउँका अन्दाजी ५२ वषीय अंग फडेराको शव फेला परेको थियो ।

पुस महिनामा पनि सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षिय गोर्ख बुढाथोकी बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा शव फेला परेको थियो । भने पुस महिनाममै ताँजाकोट गाउँपालिका– ५ का २२ वर्षीया अंशु बुढाको कडा खाले निमोनियाले सुत्केरी भएको दश दिन पछि ज्यान गुमाउनु परेको थियो ।

यस्तै माघ महिनामा छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा होटेल तथा पसल व्यवसाय गर्दै आएका डोटी जिल्ला जोरायल गाउँपालिका –२ घर भएका ५५ वर्षिया वीर बहादुर थापाको माघ २ गते हटट्याकका कारण ताक्लाकोटको अस्पतालमा उपचारका क्रममा मृत्युभएको थियो ।

चैत महिनामा हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा दुई जना यात्रुको मृत्युभएको थियो । ७ जना यात्रु घाइते भएका थिए ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]