सिमकोट गाउँपालिकाको खर्च ४४ प्रतिशत

Nepal Chek शनिबार, बैशाख ०१, २०८१

सिमकोट । जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको अर्धवार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्षको आजको मितीसम्म ४४ प्रतिशत बजेट खर्च गरेको छ । २०८०÷०८१ का लागि विनियोजीत भएको कुल बजेट रु ५३ करोड, ३० लाख, ४० हजार ३ सय ७३ रुपैयाँमा, ३१ पैसामा २३ करोड, ६१ लाख, ६५ हजार, नौ सय ४३ पैसा अहिलेसम्म खर्चको जनाएको छ ।

चालु तर्फ विनियोजित भएको ३५ करोड, ७५ लाख, पाँच सय, ७७ रुपैयाँ, ३१ पैसामा, १९ करोड ७५ लाख, ३१ हजार, २ सय, १४ रुपैयाँ, ८४ पैसा खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शुवास आलेले बताउनुभयो ।

यसैगरी पूँजीगत तर्फ विनियोजित भएको १७ करोड, ५५ लाख, ३५ हजार, २ सय, ९६ रुपैयाँमा ३ करोड, ८६ लाख, ३४ हजार, ६ सय, ८५ रुपैयाँ, ५९ पैसा खर्च भएको आलेले बताउनुभयो । यी नेपाल सरकार, कर्णाली प्रदेश, राजस्व बाँडफाँड प्रदेश सरकार, राजस्व बाँडफाँड संघीय सरकार आन्तरिक श्रोतका बजेट हुन् ।

यस्तै संघीय सरकार वित्तीय हस्तान्तरणमा भने ४९ प्रतिशत खर्च भएको छ । जसमा समानिकरण अनुदानको ९ करोड, २७ लाख बजेटमा खर्च ३ करोड, ४८ लाख, ४ हजार, ९ सय, ४६ रुपैयाँ भएको छ । शसर्त अनुदान आलुमा १९ करोड, २३ लाख बजेटमा, ११ करोड, ९३ लाख, ६६ हजार, ६ सय ८२ रुपैयाँ, ६० पैसा खर्च भएको अधिकृत आलेले बताउनुभयो । यसै गरी शसर्त अनुदान पुँजीगतमा ३ करोड ८८ लाखमा १ करोड, १८ लाख,४५ हजार, १ सय, ६० रुपैयाँ, ३३ पैसा खर्च भएको जानकारी प्राप्त भएको छ । विशेष अनुदान पुँजीगतको ५० लाख रुपैयाँ खर्च हुन सकेको छैन् । यस्तै समपुरक अनुदान पुँजीगत तर्फको पनि ५ लाख रुपैयाँ खर्च हुन नसकेको जनाइएको छ । गाउँपालिका चालु र पुँजीगत तर्फ गरेको खर्च विवरण प्रमस्तुत गर्नु भएको थियो ।

गाउँपालिका अध्यक्ष विजय भण्डारी भण्डारी (प्रतिरोध)ले आफु अहिले भर्खर भर्खर कामहरु सिक्दै गरेको बताउनुभयो । यो पाँच वर्षसम्म सिमकोट गाउँपालिकाका नागरीकको आफु चौकीदारका रुपमा भएर काम गर्ने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमा स्थानियको उपस्थित कम हुनु भनेको विकास लगायतको काममा चासो नभएको अध्यक्ष भण्डारीले बताउनुभयो । स्थानीय नागरीकले सार्वजनिक सुनुवाईमा चासो, गाउँपालिकाले गरेका काम प्रतिको लेखाजोखा राख्न नचाहेको उहाँको भनाई थियो ।

अर्धवाषर््िाक समिक्षा तथा सार्वजनिक सुनुवाईमा गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया(भाम), प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुख, राजनितिक दल, नागरीक समाज, जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, आठ वटै वडाका वडाध्यक्ष तथा सदस्य र सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]