सिटिजन्स बैंक सिमकोट शाखाद्धारा शैक्षिक सामग्री सहयोग

Nepal Chek मंगलबार, बैशाख ०४, २०८१

सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड सिमकोट शाखाले हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयलाई आवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

आजै सिटिजन्स बैंक सिमकोट शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत रु २५ हजार मूल्यको शैक्षिक तथा खेलकुल सामग्री सहयोग गरिएको हो । हिमाली बहिरा तथा बौद्धिक अपाङ्ग आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भएपनि उनिहरुको पठापाठन सहयोग पुग्ने भएकाले शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै बालबालिकालाई विभिन्न खेल खेल्नका लागि खेलकुदका सामग्री वितरण गरिएको हो ।

शैक्षिक साग्रमीमा कापी १७ दर्जन, कलम १० प्याकेट, पेनसिल १० पिस, इरेजर १० प्याकेट, कटर १० प्याकेट र ज्यामितीबक्स ४८ थान वितरण गरिएको सिटिजन्स बैंकका दिपक रोकायाले बताउनुभयो । यस्तै खेलकुदका सामग्री भलिवल एक, फुटबल एक, लुडो दुई सेट, चेस दुई सेट, पम्प एक सेट र स्पीकिङ डोरी दुई सेट वितरण गरिएको रोकायाले बताउनुभयो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]