सिमकोट । प्रेस चौतारी नेपाल हुम्लाले दशौं अधिवेशनबाट निर्वाचीत नेकपा एमाले जिल्ला कमिटीका नवनिर्वाचीत पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत कार्यक्रम आयोजना गरेको हो । हुम्लाबाट नेतृत्व गर्ने तीन जना एमाले केन्द्रीय सदस्यले नवनिर्वाचीत जिल्ला कमिटी पदाधिकारीलाई पार्टी सुदृढ र चलाएमान बनाउन मिलेर अगाडी बढ्न सुझाव दिनुभएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य महतारा र प्रेस चौतारी कर्णाली प्रदेश सचिव काली बहादुर थापाले नव निर्वाचीत जिल्ला कमिटी पदाधिकारीलाई शुभकामना दिनुभएको थियो ।
बधाई ज्ञापन कार्याक्रममा नवनिर्वाचीत अधयक्ष ज्ञामी बुमीले पार्टीलाई चलायमान बनाउन प्रेस चौतारी हुम्लाको अहम भूमिका रहने बताउनुभयो ।
यस्तै आजै भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य छक्क बहादुर लामाले नवनिर्वाचीत पदाधिकारीले छनोटमा नपरेका लाई अंगालोमा हालेर लिनु पर्ने बताउनुभयो । साथै यो विजय नभएर छनोट प्रक्रिया भएको केन्द्रीय सदस्य लामाले बताउनुभयो ।
सर्वसम्मतमा टुंगो नलागेपछि लोकतान्त्रीक अभ्यासमा गएर पदाधिकारी निर्वाचीत भएको एमाले केन्द्रीय सदस्य दल बहादुर फडेराले बताउनुभयो । मिसन चौरासीका लागि एकतावद्ध भएर जानुका साथै नवनिर्वाचीत पदाधिकारीले जित्यौ भनेर एक तर्फि अगाडी नबढ्न सुझाव दिनुभयो ।
पार्टीको विधि अनुसार नयाँ पदाधिकारी छनोट भएको आजका प्रमुख अथिती तथा केन्द्रीय सदस्य दल रावलले बताउनुभयो । हुम्लाको विकासका लागि एकता बद्धभएर अगाडी बढ्न नवनिर्वाचीत जिल्ला कमिटी पदाधिकारीलाई सुझाव दिनुभयो ।
आजका कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहले यस अघि जिल्ला पार्टीका नेतृत्वले चौतारीसँग समन्वय नगरेको बताउनुभयो । नवनिर्वाचीत पदाधिकारीले आगामी दिनमा समन्वय गरेर अगाडी बड्न आग्रह गर्नुभयो ।
मंगलबार दिउँसो चौतारीका जिल्ला अध्यक्ष नन्द सिंहको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य दल रावलको प्रमुख आथित्यमा र केन्द्रीय सदस्यद्धय दल बहादुर फडेरा र छक्क बहादुर लामाको विशेष आथित्यमा बधाई ज्ञापन तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा कर्णाली प्रदेश समानुपातिक सदस्य कहादुर हमाल, नेकपा एमाले कर्णाली प्रदेश सदस्य नवराज महतारा, नवनिर्वाचीत जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तीर्थराज बोहरा, उपसचिव प्रदिप लामा, महिला उपसचिव मञ्जु रावल लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।